Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ट्रक यातायात व्यवसाय सधै समस्यामा : व्यवसायी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ट्रक यातायात व्यवसाय सधै समस्यामा : व्यवसायी

संसारपोस्ट संवाददाता · १६ असार २०८० · 0
ट्रक यातायात व्यवसाय सधै समस्यामा : व्यवसायी
70
SHARES
ShareTweet

भैरहवा । ट्रक यातायात व्यवसाय सधै समस्यामा परिरहेको व्यवसायीले बताएका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रूपन्देहीको ११ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताले राज्यको नीतिका कारण व्यवसाय गर्न कठिन रहेको बताएका हुन् । राज्यले भारतीय ट्रक निर्वाध रुपमा चल्न पाउने नीति बनाउने तर नेपालका व्यवसायी समस्यामा पर्दा चासो नदिँदा समस्या भएको बताएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष लोकराज पोखरेलले व्यवसायीलाई नेताले भ्यर्याङ बनाएर माथि उक्लिने र माथि पुगेपछि कुल्चिदा समस्या भएको बताउँदै भारतीय ट्रकका कारण व्यवसाय गर्न कठिन भएको गुनासो गर्नुभयो । सरकार नेपाली व्यवसायी मुखि भन्दा पनि भारतीय व्यवसायी मुखि भएकोले आन्दोलनमा जानुको विकल्प नरहेको अध्यक्ष पोखरेलले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले ट्रक व्यवसायमा भएका चुनौतिलाई सामना गर्दै अगाडि बढ्नु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
कहिले नाकावन्दीको भार, कहिले भुकम्पको प्रभाव र कहिले कोरोना महामारीका विषम अवस्थाहरुमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थितिको सामना गर्दै बल्ल तल्ल गुज्रिदै यो अवस्थामा आइपुगेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद खरेलले बताउनुभयो । विगत ३ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल– नारायणगढ सडक खण्डको दुराअवस्थाले गर्दा ट्रकहरुमा अत्याधिक टुटफुटको खर्च आउने, डिजेलको चरम मुल्यवृद्धि, उद्योग कलकारखानाहरु संकट अवस्थामा गुज्रीरहेकोले उत्पादन अत्यन्त कमी हुदाँ पेशा झन् धरापमा पर्दै गएको अध्यक्ष खरेलले बताउनुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ र लुम्बिनी ट्रक व्यवसायी संघ स्थानीय संघ संस्थाको पहलमा भारतीय ट्रकको नेपालमा निर्वाध आगमनलाई रोक्ने प्रयास गरेता पनि सरकारको ७२ घण्टे नीतिका कारण दैनिक हजारौ भारतिय ट्रक प्रहरी र प्रशासनिक निकाय कै संरक्षणमा निर्वाद गुड्ने गरेकोले व्यवसाय थप संकटमा परेको ब्यवसायीको गुनासो छ । विशुद्ध नेपालीहरुको मात्र लगानी भएको ट्रक यातायात व्यवसाय बैंकको चर्को ब्याजले गर्दा धान्नै नसक्ने अवस्थामा पुगेकाले ब्यवसायीहरु आत्मदाह गर्ने अवस्थामा पुगेकोले लगानी सुरक्षित बनाउन राज्यले अविलम्ब ध्यान दिनुपर्ने अध्यक्ष खरेलको भनाईछ ।
महासचिव रुमाखर गौतमले दुर्घटना न्यूनिकरणका लागि चालक सहचालकहरुलाई प्रशिक्षण, अन्तरक्रिया गर्दै भारतीय गाडीले नेपालमा निर्वाद रुपमा सन्चालन गर्ने कार्य रोक्नका लागि ठोस नीति बनाएर भन्सार बिन्दुबाट भारत तर्फ पठाउने नीति लागि पहल गर्ने भावि योजना रहेको बताउनुभयो । कार्यक्रममा कोषाध्यक्ष सन्तराम पाण्डेले आर्थिक प्रतिवेदन, महासचिव रूमाखर गौतमले महासचिवको प्रतिवेदन र भावियोजना प्रस्तुत गर्नुभएको थियो ।

≪ Previous Post

नवलपुरमा सबैभन्दा धेरै २२१ मिलिमिटर बर्षा, रूपन्देहीमा १६६ मिलिमिटर

Next Post ≫

पार्टीबाट निर्वाचित जनप्रतिनीधिहरुलाई कानुनको परिधिभित्र रहेर काम गन काँग्रेस सहमहामन्त्री परियारको आग्रह

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क