Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0
बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी
90
SHARES
ShareTweet

बुटवल  । रुपन्देहीको बुटवल पर्यटकीय हबको रुपमा विकास हुंदै गएको पर्यटन व्यवसायीले बताएका छन् । बुटवल हरेक क्षेत्रबाट सम्भावित बजार भएकाले बुटवलको विकासले समग्र देशको विकासमा टेवा पुग्ने र अर्थतन्त्र बलियो हुने उनीहरुको दाबी छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले २५ औं स्थापना दिवसको अबसरमा शुक्रबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने पर्यटन व्यवसायीले पर्यटनको विकासले आर्थिक सम्वृद्वि हुने बताए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले पर्यटन र कृषिको विकासले गरिबी निवारण हुने र रोजागारी सिर्जना हुने बताउनुभयो ।
राष्ट्रिय अर्थतन्त्र धरापमा परेको बताउंदै राज्य कमजोर भए देश कमजोर हुने भएकाले राज्य बलियो बनाउन व्यवसायी र सामाजिक संघसंस्थाहरु बलिया हुनुपर्ने उहाले बताउनु भयो ।
होटल तथा रेष्टुरेण्ट व्वयसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारीले आन्तरिक र बाह्य पर्यटकलाई भित्राउनका लागि बुटवल क्षेत्रका पर्यटकीय क्षेत्रहरुको उचित विकास गरी पर्यटन प्रवर्धन  गर्नुपर्ने बताउनुभयो ।
उहाले रुपन्देहीका पर्यटन व्यवसायी चर्को बैंकको व्याज र घरभाडा तिर्न नसकेर पेशााबाटै विस्थापित हुन लागेकाले यस विषयमा सरकारको ध्यानजान आवश्यक छ भन्नुभयो । पर्यटन व्यवसायिका समस्याप्रति सरकारलाई गम्भीर बन्न आग्रह गर्दै लगानीको सुरक्षा गरिदिने र पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने दायित्व सरकारको भएको बताउनु भयो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका श्रेष्ठले कार्यकारी निर्देशनालयहरु खारेज गरी मन्त्रालयमा गाभ्ने प्रदेश सरकारको निर्णयले भ्रष्टाचार बढ्ने दाबी गर्दै निर्देशनालयहरुलाई हटाउन हुदैन भन्नुभयो  ।
पर्यटन विकास परिषद् बुटवलका प्रमुख वालकृष्ण गैरेले लुम्बिनी प्रदेशका पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार– प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका संस्थापक सचिव माधवप्रसाद नेपालले पेशागत मर्यादा कायम राखेर व्यक्ति भन्दा व्यवसायिक संस्थाको गरिमा बढाउन सके बुटवल पर्यटकीय क्षेत्रको विश्रामस्थल बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष मोदनाथ बेल्वासे, महासंघका निवर्तमान अध्यक्ष हिराध्वज शाह, संघका निवर्तमान अध्यक्ष रामप्रसाद गौतम, संघका पूर्व अध्यक्ष समुन्द्र जीसी, संघका वरिष्ठ उपाध्यक्ष माधवकुमार खनाल लगायतले बोल्दै घरवहाल नीति बनाउन सरकारसंग माग गर्नुभयो ।
बुटवललाइ पुरानै लयमा फर्काउन पर्यटन क्षेत्रको विकास हुनुपर्ने र त्यसका लागि ५० प्रतिशत घरभाडा घटाउन पर्यटन व्यवसायीले घरधनीहरुलाई आग्रह गरेका छन् ।
प्रदशे राजधानी दाङ सर्दा र घरभाडा महङ्गो हुंदा बुटवल सुनसान भएको उनीहरुको तर्क छ ।
संघको २५ औं स्थापना दिवसको अवसरमा घरभाडा छुटदिने घरधनी, संघका संस्थापकहरु, पूर्व पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको छ । त्यस्तै संघका पूर्व पदाधिकारी लिलाधर वस्याललाई नगदसहित सम्मान गरिएको छ ।
संघले स्थापना दिवसको अवसरमा यस अघि रक्तदान र जीतगढी किल्ला सरसफाई गरेको थियो । संघका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता र महासचिव अर्जुन थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

Next Post ≫

बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ ( ओम्स) नेपाल गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क