Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स

संसारपोस्ट संवाददाता · १५ असार २०८० · 0
रोटरीले बुटवलमा ल्यायो रगत संकलन गर्ने एम्बुलेन्स
70
SHARES
ShareTweet
बुटवल  । रगतको माग दिन प्रतिदिन बढ्दै जाँदा व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । बेलाबखत रगतको अभाव भइदिँदा बिरामीका आफन्त रक्तदाता खोज्दै भौतारिनुपर्ने अवस्था छ ।

रगतको यही माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’ ल्याइएको छ । रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो रक्त संकलन एम्बुलेन्स शुक्रबार नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ । यो एम्बुलेन्स खरीदका लागि रेडक्रसले पनि साझेदारी गरेको छ ।

रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिनुभयो । उहाका अनुसार यो एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सक्छन् । “अव यसलाई सही ढंगले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्छ, क्लवले यस्ता रचनात्मक काम आगामी दिनमा पनि गर्दै जानेछ”–उहाले भन्नुभयो । अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै १० करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको बताउनु भयो ।

रगत संकलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पु¥याइने नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताउनुभयो । उहाले अव यसको सञ्चालनमा लागि कार्यविधी निर्माण गरिने र सोही अनुसार कार्यान्वयमा लगिने बताउनुभयो ।

क्लवले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लवको परियोजना पछाडि धकेलियो । क्लवका पुर्व अध्यक्ष डिल्लिनारायण श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा मुर्त रुप लिएको हो ।

क्लवका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन रक्त संकलन मोवाइल एम्बुलेन्स हस्तान्तरण गर्न पाउँदा गौरव लागेको बताउनुभयो । रगत संकलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अव रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।

रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र हैन, रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्था एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँगाउँसम्म रगत संकलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।

रगत संकलन एम्बुलेन्स ल्याइएपिछ प्रतिकुल मौसममा समेत रगत संकलन गर्न सहज हुने छ । रक्त संकलन एमबुलेन्स हस्तान्तरण समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले रगतको माग दिनहुँ बढिरहेका बेला रोटरी क्लवले गरेको यो कार्य निकै सह्रानीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाले बुटवलबासीका निम्ति निःशुल्क रगतको व्यवस्था गरिएको र त्यसबाट बिरामीहरुले फाइदा लिइरहेको भन्दै उपमहानगरले शिक्षा र स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको बताउनुभयो ।

रोटरी डिष्ट्रिक इन्टरनेशनल ३२९२ का वर्ष २०२३–२४ का डिष्ट्रिक गभर्नर राजेन्द्र ध्वजूले रक्त संकलन मोवाइल एम्बुलेन्स ल्याउने प्रक्रियामा विभिन्न रोटरीयनहरुको योगदानलाई भुल्न नहुने भन्दै यसको सफल सञ्चालनमा लागि जोड दिन आग्रह गर्नुभयो।

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले सरकारी अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको सहज उपचार कसरी गर्न सकिन्छ भन्ने कुरालाई महत्व दिएको भन्दै सरकारले बजेट उपलव्ध नगराउँदा र अस्पतालको आफ्नै आम्दानीको स्रोत खुम्चिंदा भने सेवा सञ्चालनमा कठिनाई आइरहेको बताउनुभयो ।

रक्त संकलन एम्बुलेन्सका लागि प्रोजेक्ट तयार पार्ने काममा मुख्य भूमिका खेलेका क्लवका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले रोटरीयनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिंदै यसका लागि रोटरी इन्टरनेशनल अन्तर्गको रोटरी फाउन्डेशनबाट पनि ठूलो सहयोग प्राप्त भैरहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहान, क्लवका सचिव लालहरि पाण्डेलगायतले पनि मन्तव्य व्यक्त गर्नुभयको थियो ।

≪ Previous Post

आज असार १५, दही–चिउरा खाने दिन, २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव

Next Post ≫

बुटवल पर्यटकीय हवको रुपमा विकास हुंदै – पर्यटन व्यवसायी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क