Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0
आर्थिक वर्ष २०८०\८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित, पक्षमा १४७ र विपक्षमा १०८ मत
140
SHARES
ShareTweet

काठमाण्डौ । आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्नुभएको विनियोजन विधेयक पारित गरियोस् भन्ने पक्षमा १४७ मत परेको थियो भने विपक्षमा १०८ मत परेको थियो ।
त्यस्तै, मत दिन्नँ वा तटस्थमा शून्य मत परेको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । मतदानमा २५५ जना सांसद सहभागी भएका थिए । ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीहरूले बजेटको विपक्षमा मत हालेका थिए ।

जेठ २२ देखि सुरु भएको बजेटमाथिको छलफल सकिएसँगै बजेट पारित भएको हो । यसअघि विशेष गरी सत्तारुढ जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बजेट संशोधन नभए पारित गर्न नदिने अडान राख्दै आएका थिए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको हो ।
सभामुख घिमिरले हुन्छ वा हुन्न भन्ने ध्वनि मतका आधार घोषणा गर्नुभएकोमा एमालेका सांसद महेशकुमार बर्तौलाले नियमापत्ति गर्नुभयो । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले मत विभाजन गर्नुपर्ने माग गरेपछि मत विभाजन गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीसहित सत्ता गठबन्धनका दलले बजेट पारित गर्न संसदीय दलमा अनिवार्य उपस्थिति हुन र प्रस्तावको पक्षमा मतदान गर्न ‘ह्विप’ जारी गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका विपक्षी दलले विपक्षमा मतदान गरे ।

वजेट पारित भएसँगै आउँदो साउन १ गतेदेखि नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनमा आउनेछ । गएको जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

≪ Previous Post

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

Next Post ≫

बुटवलमा रहेको आगन्तुक सहकारीका अध्यक्ष घर्ती पक्राउ : बचतकर्ताको रकम अपचलन गरेको आरोप

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क