Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी गर्ने धर्म गुरु पुरुषोत्तम काफ्ले पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी गर्ने धर्म गुरु पुरुषोत्तम काफ्ले पक्राउ

संसारपोस्ट संवाददाता · १३ असार २०८० · 0
नारी शक्तिको जागरण गराउने भन्दै ५ करोड ठगी गर्ने धर्म गुरु पुरुषोत्तम काफ्ले पक्राउ
140
SHARES
ShareTweet

काठमाडौं । नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । काठमाडौंमा हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोलेर “परिवारको भविष्य आमाको हातमा, हाम्रो अभियान तपाईको साथमा” भन्ने नारा बनाई पीडितहरुलाई स्वदेशी तथा विदेशी कमपनीमा रकम लगानी गर्न लगाई ठगि गर्ने शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो ।
दोलखा जिल्ला साविक झुले गाउँ विकास समिति वडा नं. २ घर भै हाल भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ४ गठ्ठाघर बस्ने ४८ वर्षीय काफ्लेले विभिन्न कम्पनीमा रकम लगानी गर्न अभिप्रेरित गराउने उद्देश्यले स्वअध्ययन सम्वन्धि ३ दिने सोमिनार गरी संस्थाको सदस्य वन्न लगाई सदस्य बने वापत प्रति ब्यक्ति रु.१०८ लिई फारम समेत भर्न उक्र संस्थामा आवद्ध गराउने गरेका थिए ।
निजले धेरै मुनाफा हुने प्रलोभन देखाई पीडितहरुलाई लगानी गर्न प्रेरित गराई रकम लगानी गरे पश्चात लगानीको सुनिश्चितता नगरी पटक पटक थप लगानी गर्न दवाव दिई लगानी गर्न वाध्य वनाई लगानी नगरेमा परिवारको सदस्यलाई मारी दिने धम्की दिएर सुनका गरगहना समेत लिएर फरार भएका थिए ।
प्रहरीका अनुसार निज काफ्ले पीडितहरुको रु. पाँच करोड भन्दा वढि नगद र १०० तोला भन्दा वढि सुन एवं सुनका गरगहना समेत लिई ठगी गरी भारतमा भागेकोले खोजतलास पक्राउ गरी कानुन वमोजिम कारवाही गरी ठगी भएको रकम र सुन तथा सुनका गरगहना समेत फिर्ता गराई पाउँ भन्ने पीडितहरुको जाहेरी दरखास्तको आधारमा प्रहरीले काफ्लेललाई पक्राउ गरेको हो ।
फरार काफ्लेलाई खोजतलास गर्ने क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले मिति २०८० साल असार ९ गते कञ्चनपुर जिल्लाको गड्डाचौकीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पुरुषोत्तम काफ्लेलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिई ठगी, आपराधिक विशवासघात तथथा आपराधिक लाभ (एक्सटर्सन) सम्वन्धि कसूर मुद्दामा अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी नवराज अधिकारीले द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

≪ Previous Post

लुम्बिनी प्रदेश सभामा आजदेखि सरकारले ल्याएको बजेटमाथि छलफल हुने

Next Post ≫

सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्न निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क