Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस

संसारपोस्ट संवाददाता · ७ असार २०८० · 0
उद्योग ब्यापार संघको पाचौं स्थापना दिवस
60
SHARES
ShareTweet

बुटवल । उद्योग ब्यापार संघ बुटवलले पांचौं स्थापना दिवस मनाएको छ । कालिकानगर स्थित संघको सचिवालयमा संघको कार्यसमिति र सल्लाहकारहरुको सहभागितामा स्थापना दिवस मनाइएको हो ।
सो अवसरमा बोल्दै संघका पुर्व अध्यक्ष एवं उद्योग ब्यापार महासंघका महासचिव खिमनारायण पराजुलीले स्वाधीन अर्थतन्त्र निर्माणका लागि औद्योगिकरण र ब्यापार विविधिकरणमा संघले भूमिका खेल्नुपर्ने बताउनुभयो । बैंकहरुको कर्जाको ९० प्रतिशत हिस्सा सीमित व्यवसायिक घरानामा लगानी हुंदा मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै महासचिव पराजुलीले यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
संघका कार्यवाहक अध्यक्ष विष्णु पाण्डेले साना, मझौला र ठूला सबै वर्गका उद्योगीव्यवसायीको साझा संस्थाको रुपमा उद्योग ब्यापार संघ बुटवलले पहिचान बनाएको बताउनुभयो । संघले स्थानीय सरकारसंगको सहकार्यमा विभिन्न सामाजिक काम समेत गर्दै आएको र हालसम्म ४ वटा औद्योगिक ब्यापार मेला सम्पन्न गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, महासचिव पदम जीसी, कानुनी सल्लाहकार दामोदर घिमिरे लगायतले वर्तमान आर्थिक मन्दी, चर्को बैंक ब्याज दर र महंगी नियन्त्रणमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको थियो ।
यसैबीच संघले स्थापना दिवसको अवसरमा तिलोत्तमा–७ स्थित अनाथ असहायहरुलाई पालन पोषण गर्दै आएको सिर्जनशील संस्थाको भवन निर्माणमा संघका पुर्व अध्यक्ष एवं सल्लाहकार खेम श्रीस मगरको स्मृतिमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको महासचिव पदमजीसीले जानकारी दिनुभयो । महासचिव जीसीका अनुसार संघमा ७ सय बढी उद्योगी व्यवसायी आवद्ध छन् ।

≪ Previous Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान अवतरण

Next Post ≫

गोबर्धन गाई फार्मको सार्वजनिक सुनुवाइ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क