Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
चीनसंगको मित्रताबाट लाभ लिन नेपाल चुक्यो : प्रदेश प्रमुख शेरचन

चीनसंगको मित्रताबाट लाभ लिन नेपाल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवल उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी : हरिप्रसाद अर्यालको समावेसी समूहद्वारा उम्मेदवारी घोषणा

बुटवल उद्योग वाणिज्य संघमा चुनावी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने

संसारपोस्ट संवाददाता · २९ जेष्ठ २०८० · 0
निजी क्षेत्रको लगानीमा तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बन्ने
110
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बन्ने भएको छ । तिलोत्तमा नग।पालिका वडा नं.–१७ पूर्व दरखसवामा पौने ५ बिघा क्षेत्रफलमा निजी लगानीमा बन्ने रङ्गशालाको सोमबार शिलान्यास गरिएको छ ।
एक्स्ट्राटेक ओभल नामाकरण गरिएको रंगशालाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले शिलान्यास गर्नुभएको हो । ९ वर्षदेखि अस्ट्रेलियामा सूचना प्रबिधि क्षेत्रको ब्यबसाय गर्दै आएका बिनोद कुँवर र सुदिच्क्षा गौतमको लगानीमा बन्ने रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको हुने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष छ । यो क्रिकेट रंगशाला होस्टेल, एकेडेमी र तालिम केन्द्र सहितको हुने एक्स्ट्राटेक ओभल प्रालिका प्रबन्ध निर्देशक बिनोद कुंवरले बताउनुभयो । आफू क्रिकेटको पारखी भएकाले यो खेलको विकासमा निजी क्षेत्रबाट योगदान गर्ने उद्देश्यले रंगशालामा लगानी गरेको कुंवरले बताउनुभयो । यो निजि लगानीमा बन्ने नेपालको पहिलो ठूलो क्रिकेट रंगशाला हुनेछ ।
चार तलाको भवन सहितको रंगशालामा एकेडेमी र तालीम केन्द्र संचालनका लागि पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई जिम्मेवारी दिइएको एक्स्ट्राटेक ओभल प्रालिका चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमले बताउनुभयो । एक वर्षमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी रंगशालामा ८ सय ट्रक माटो हालेर जग्गा सम्माउने काम भैसकेको र रंगशाला चार वर्षमा पूरा हुने बिनोद कुंवरले बताउनुभयो ।
रंगशालाको शिलान्यास समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले रुपन्देही जिल्ला क्रिकेटको उर्बरभूमि भएको र अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न रंगशाला बनेपछि खेलाडी उत्पादन र प्रतियोगिता आयोजना मात्र नभई खेल पर्यटनमार्फत समग्र नगरको विकासमा योगदान पुग्ने बताउनुभयो । निजी क्षेत्रबाट लगानी भएपनि यो नगरकै गौरवको आयोजना हुने उहांले बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्ल,नेपाल ओलम्पिक कमिटीका केन्द्रीय सदस्य दिर्घबहादुर केसी लगायतले बोल्दै रंगशाला बनेपछि रुपन्देहीले क्रिकेटमा फड्को मार्ने उल्लेख गर्नुभयो ।

≪ Previous Post

प्युठानमा कार दुर्घटना आठ जनाको मृत्यु : मृतक आठै जनाको पहिचान खुल्यो

Next Post ≫

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडान सुरू

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क