Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०८० · 0
शान्ति नमुना माविमा ह्याकाथन कार्यक्रम
50
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर विद्यालय ह्याकाथन कार्यक्रम भएको छ ।
तिलोत्तमा नगरपालिकाको एक विद्यालय–एक सिर्जनशील कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुबीच प्रविधिमा आधारित प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको हो । सामाजिक तथा आर्थिक विकासको क्षेत्र अन्तरगत देखा पर्ने विभिन्न प्राविधिक सस्याहरु पत्ता लगाएर त्यसको समाधानको लागि विभिन्न एप्लिकेशन तथा वेव साइट डिजाइन गरी प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुले १८ वटा एप्लिकेशनहरु तयार गरी प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा शान्ति नमुना मा.वि.का विद्यार्थीहरु प्रवेश खनाल, विष्णु खनाल र शिव यादवको प्ले स्टोर समूह प्रथम भएको छ । यस्तै शान्ति नमुना मा.वि. कै विद्यार्थीहरु हार्दिक चापागाँई, रसिस पाठक र सन्जय भण्डारीको युट्युव समूह द्वित्तीय भएको छ भने शान्तिकै सुदिप बस्याल, विनय भट्टराई र राजन टण्डनको ट्विटर समूह तृतीय भएको छ । शंकरनगर दुर्गादत्त मा.वि. का विद्यार्थीहरु हर्षिता घिमिरे, सदिक्षा कंडेल र डेभेन सुनारको क्विक हिल समूहले प्रोत्साहन स्थान हासिल गरेको छ ।
विद्यार्थीहरुले एचटिएमएल, सिएसएस, सि प्लस प्लस, जाभा स्कृप्ट जस्ता कम्प्युटर प्रोग्रामको प्रयोग गरेर एप्लिकेशनहरु तयार पारेको प्रतियोगिताका संयोजक शेखर पौडेलले बताउनुभयो ।
शान्ति नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा वडा नं. ५ का अध्यक्ष रमेश डुमे्र, वडा नं ६ का अध्यक्ष गणेश पाठक, नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, शान्ति नमुनाका प्रधानाध्यापक कुलप्रसाद लामिछाने, क्यान महासंघ रुपन्देहीका अध्यक्ष माधव अर्याल, नगर कार्यपालिका सदस्य रवि सेन्चुरी लगायतले बोल्दै कार्यक्रमले विद्यार्थीको रुची र क्षमतालाई पहिचान गर्न सकेको बताउनुभयो । यस क्षेत्रमा विल्कुलै फरक र नयाँ कार्यक्रम रहेको भन्दै उहाँहरुले यसको निरन्तरतामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन पारस चापागाँईले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रकाश चापागाँईले राख्नुभएको थियो । प्रतियोगिताको मूल्याङ्कनकर्तामा अनन्त पाण्डे, शिव भट्टराई र सुसान्त मल्ल रहनु भएको थियो ।

 

≪ Previous Post

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

Next Post ≫

विद्युत पोलमा ठोकिएर तिलोत्तमामा स्कार्पियो दुर्घटना : १ जनाको मृत्यु ५ घाइते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क