Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0
आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी
120
SHARES
ShareTweet

बुटवल । सरकारले ल्याएको आर्थिक विधेयक २०८० तथा आगामी आर्थिक वर्षको बजेटमाथि बुटवलमा छलफल गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल चार्टड एकाउन्टेन्ट्स संघ रुपन्देहीको संयुक्त आयोजनामा शुक्रबार बुटवलमा आर्थिक विधेयक र आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि सरकारले ल्याएको बजेटका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूले बजेटमा करको दर र दायरा बढाएको हेर्दा सरकारले राजश्वमुखी बजेट ल्याएको देखिएको बताउनु भयो । जसका कारण आर्थिक बृद्धिको लक्ष्यमा पुग्न पनि कठिन हुने उहाँको भनाई छ । उहाँले बजेटमा कतिपय आफुहरुले उठाएका कुराहरु पनि समवेश भएको बताउनु भयो । मुलुकको अर्थतन्त्रको विकासको लागि औद्योगिक विकास आवश्यक भएको र औद्योगिक विकासको लागि विजनेश इन्कुवेशन र आईडिएसनलाई अगाडी बढाउनु पर्ने माग बजेटमा सम्बोधन भएको उहाँले बताउनु भयो ।
त्यस्तै नेपाल चार्टड एकाउन्टेन्ट्स संघ रुपन्देहीका अध्यक्ष प्रदिप भट्टराईले विगत तीन वर्षको बजेटसंग अहिलेको बजेटलाई तुलना गर्दा अन्तशुल्क र मुल्य अभिबृद्धि करमा व्यापक परिवर्तन भएको बताउनु भयो । त्यस्तै आर्थिक विधेयकमा व्यवस्था गरिएका कतिपय कुराहरु अलमल्याउने खालका रहेको भन्दै उहाँले त्यस्ता कुराहरुलाई समाधान गर्न निजी क्षेत्रका छातासंस्थाहरुले भूमिका खेल्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजूले सरकारले उद्योगी व्यवसायीलाई च्याप्ने र निचोर्ने मात्रै काम गरेको आरोप लगाउनु भयो । उहाँले अहिले आएको आर्थिक विधेयकले उद्योग धन्दा बन्द गरे हुने स्थिति देखिएको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीका कोषाध्यक्ष सगुन खनालले बजेटमा समेटिएका कुराहरु, अघिल्लो वर्ष र अहिलेका भिन्नता, लगायतका कुराहरुमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रम बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव बिमलराज भट्टराईको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

Next Post ≫

लुम्बिनी केबलकार चढ्दा १० प्रतिशत क्यास ब्याक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क