Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार

संसारपोस्ट संवाददाता · २६ जेष्ठ २०८० · 0
चलचित्र रोशनीको गीत ‘जुनी जुनी’ बुटवलमा विमोचन,च्यारिटी शो शनिबार
90
SHARES
ShareTweet

बुटवल । नेपाली कथानक चलचित्र रोशनीको गीत जुनी जुनीको शुक्रबार बुटवलमा विमोचन गरिएको छ । चलचित्र रोशनीको मुख्य अंशका रुपमा रहेको उक्त गीतमा गायक अनिल पहाडी र गायिका अन्जु पन्तले स्वर दिएका छन् ।
गीत विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गर्नुभयो । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उहांले बताउनुभयो ।

डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ ।

यसैगरी चलचित्र रोशनीको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ । बुटवलको मिलन हलमा दिउसो ३.४५ बजेदेखि सोको आयोजना गरिएको निर्माता रमेश आब्जुले जानकारी दिए । चलचित्र पत्रकार संघ रुपन्देहीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै उहांले च्यारिटी शोमा करिब १ हजार दर्शकको उपस्थिति रहने जानकारी गराउनुभयो ।
५० लाख बढी लगानी गरिएको यो चलचित्रले दर्शकलाई फिल्म अवधिभर पूर्णरुपमा भुलाउन सक्ने क्षमता रहेको उहांले दाबी गर्नुभयो ।

यसैगरी निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका सल्लाहकार मनिष पन्त, संगीतकार सुरेश सेन्चुरी, गायक सौगात सायर, लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका अध्यक्ष दिपु मगर, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले फिल्म तथा जुनी जुनी बोलको गीतलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

चलचित्र पत्रकार संघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्पूर्ण फिल्म निर्माता तथा कालाकार टिमलाई बधाई ज्ञापन गर्नुभयो । कार्यक्रम डि.बी. सुस्लिङको सञ्चालनमा भएको थियो ।

≪ Previous Post

लुम्बिनि प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक (पुर्ण पाठ सहित )

Next Post ≫

आर्थिक विधेयक र बजेट माथी बुटवलमा छलफल : बजेट राजश्वमुखी भएको टिप्पणी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क