Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ

संसारपोस्ट संवाददाता · १९ जेष्ठ २०८० · 0
ज्यान सम्बन्धी कसुर अपराधका फरार अभियुक्त १३ बर्ष पछि पक्राउ
100
SHARES
ShareTweet

सिरहा । नेपाल प्रहरीले ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्तिलाई १३ वर्ष पछि पक्राउ गरेको छ ।
नेपाल प्रहरीले सिरहा दुर्गापुर ७ हाल गोलबजार, फुलकहकट्टी गा.वि.स. वडा नं. १३ काशिपुर गाउँ बस्ने बर्ष ५१ को जगदिश पासवानलाई शुक्रवार विहान सलेस मन्दिर नजिकबाट पक्राउ गरेको हो ।
घटना विरण अनुसार मिति २०६७÷०१÷२८ गते अन्दाजी २३ः०० बजेको समयमा जिल्ला सिरहा दुर्गापुर ६ हाल गोलबजार, फुलकहकट्टी गा.वि.स. वडा नं. २ बस्ने राम बिलास यादवले “गाउँमा नराम्रो काम गर्दै हिडेको” भन्ने विषयलाई लिएर गाउँ पञ्चायत राखि छलफल गराउने कुरामा दुवै पक्ष बिच विवाद हुदाँ निज राम बिलासले गोली प्रहार गर्दा जिल्ला सिरहा दुर्गापुर गा.वि.स. वडा नं. ६ हाल गोलबजार न.पा. वडा नं. १३ बस्ने बेचन पासवानलाई हात र दाजु नथुनी पासवानलाई छातीमा गोली लागि घईते भएका थिए । घटनामा नथुनी पासवानको घटना स्थलमा मृत्यू भएको थियो ।
सोही घटनाक्रममा जिल्ला सिरहा दुर्गापुर ७ हाल गोलबजार, फुलकहकट्टी गा.वि.स. वडा नं. १३ काशिपुर गाउँ बस्ने जगदिश पासवानले राम बिलास यादवलाई कुटपिट गर्दा यादवको पनि मृत्यु भएको थियो । सो घटना पछि जगदिश पासवान फरार रहेका थिए ।
घटनाको अनुसन्धान गरिरहेको प्रहरीले उक्त घटनामा संलग्न जगदिस पासवान जिल्ला सिरहा गोलबजार, काशीपुर सलेस मन्दिर स्थित वडा एरियामा लुकि छिपी बसेको छ भन्ने सूचनाको आधारमा खोज तलास गर्ने क्रममा शुक्रबार विहान ११ः३० बजेको समयमा सलेस मन्दिर नजिकबाट पक्राउ गरी नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले थप आवश्यक कानुनी कारवाहीको लागि सिरहाको ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाईएको ब्यरोका उपनिर्देशक प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी संजय सिंह थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

≪ Previous Post

सीटीईभीटीका उच्च अधिकारी सवार गाडी सुनकोशीमा खस्यो : तीन जना बेपत्ता

Next Post ≫

बुटवलको आम्दा अस्पताल स्तरोन्नति गर्ने समझदारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क