बुटवल । ज्यान सम्बन्धी कसुर अपराधका फरार व्यक्तिलाई प्रहरीले १० बर्ष पछि पक्राउ गरेको छ । ठेगाना ः प्रहरीले जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ चौधरीबस्ति बयलवास बस्ने रोगाई चौधरीको छोरा वर्ष ४० को नरेश चौधरीलाई पक्राउ गरेको हो ।
मिति २०७० साल असोज २९ गते जिल्ला सिरहा साबिक कर्जन्हा गा .बि .स. वडा नं. ६ हाल कर्जन्हा नगरपालिका वडा नं.१० बगाहा खोलाको पुल मुनी जिल्ला तनहुँ पोखरी भन्ज्याङ गा.बि.स. वाड नं.५ घर भई हाल जिल्ला नवलपरासी आदर्श गा.बि.स. वाड नं. २ बस्ने तुल बहादुर परियारको छोरी बर्ष २५ की कल्पना परियार मृत अवस्थामा फेला परिन् ।
सो घटनाको अनुसन्धानको क्रममा उक्त घटनामा संलग्न जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ चौधरी बस्ति बयलवास बस्ने बर्ष ४० को नरेश चौधरी हाल जिल्ला सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ८ मा लुकि छिपी बसेको अवस्थामा प्रहरीले आज विहान ९ वजे पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई थप आवश्यक कानुनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया सर्लाहीमा बुझाईएको प्रहरीले जनाएको छ ।