भैरहवा । जिल्ल प्रहरी कार्यालय भैरहवा रुपन्देहीले अवैध कुखुराका चल्ला वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाको रोहिणी गाउँपालिका वडा नं. २ मैनिहवाबाट भारतबाट नेपाल तर्फ चोरी पैठारी गरी ल्याउदै गरेको बेवारिसे अवस्थामा रहेको अवैध वोईलर कुखुराको चल्लाबरामद गरेको हो ।
प्रहरी टोलीले ४० कार्टुनमा राखेर ल्याउंदै गरेको ३२ सय वटा अन्दाजी मुल्य २ लाख वरावरको कुखुराको चल्ला बरामद गरी आवश्यक कारवाहीको लागी पशु क्वारेन्टाइन चेक पोष्ट कार्यालय वेलहिया रुपन्देहीमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
