Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छः नेजपा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छः नेजपा

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०८० · 0
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छः नेजपा
50
SHARES
ShareTweet

भैरहवा । नेपाल जनता पार्टी (नेजपा) का नेताहरुले ठूला भनिएका दल र तिनका नेताको स्वार्थका लागि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएको आरोप लगाएका छन् । उनीहरुले कसैको स्वार्थले मुलुक धर्मनिरपेक्ष बन्न नसक्ने भन्दै अब छिट्टै हिन्दु राष्ट्र घोषणा गर्ने दावी गरेका छन् ।

शनिबार भैरहवाका भएको पार्टीको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले हिन्दु राष्ट्र गौरवको विषय भएकाले पुनः हिन्दु राष्ट्र बनाउन सबै नेपाली जनता एक ठाउँमा भएर लाग्नुपर्नेमा जोड दिए ।

पार्टीका पूर्व राष्ट्रिय अध्यक्ष एवं संरक्षक अनिल शर्माले कसैको इशारामा मुलुकलाई धर्मनिरपेक्ष बनाइएको भन्दै ठूला दल र तिनका नेताको चर्को आलोचना गरे । ‘नेपाल जसरी पनि हिन्दु राष्ट्र हुनुपर्छ, यसलाई सबै हिन्दुवादीले राष्ट्रिय एजेण्डा बनाएर अघि बढ्नुपर्छ’, उनले भने, ‘हाम्रो पार्टी स्थापनाको उद्देश्य नै हिन्दु राष्ट्र कायम गर्दै मुलुकको विकास र समृद्धिका लागि हो ।’ शर्माले आफूहरुको एजेण्डा लोकतान्त्रिक हिन्दु गणतन्त्र स्थापना नै भएको जनाउँदै यसका लागि आवश्यक परे संघर्ष गर्न तयार रहेको बताए । उनले अब पार्टीले बृहत् मोर्चा बनाएर अघि बढ्ने जनाए ।

पार्टीका राष्ट्रिय अध्यक्ष त्रिभुवननाथ पाठकले मुलुकमा अब हिन्दुत्वको शक्ति निर्माण गर्नुपर्ने बेला आएको बताए । उनले नेपाली जनताको चाहना हिन्दु राष्ट्र भए पनि जवरजस्ती ठूला दलका नेताहरुले धर्मनिरपेक्षता लादेको आरोप लगाए । ‘जहाँ गयो, जसलाई भट्यो, त्यहाँका जनताले हिन्दु राष्ट्र हुनुपर्छ भन्छन्’, उनले भने, ‘विडम्बना हिन्दुवादीहरु एक ठाउँ हुन नसक्दा कसैको इशारामा धर्मनिरपेक्ष राष्ट्र बनाइयो । यो हामीलाई स्वीकार्य छैन । जसरी पनि नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौं ।’ मुलुकलाई धर्मनिरपेक्ष घोषणा पछि महंगी, भ्रष्टाचार र कुशासनले जरो गाडेको उनले आरोप लगाए ।

‘मुलुकमा जता हेर्यो, उतै भ्रष्टाचारले जरो गाडेको छ, ठूला दलका नेताहरु भ्रष्टाचारमा लिप्त छन्’, उनले भने, ‘अधिक भ्रष्टाचार हुँदा पनि न अनुसन्धान हुन्छ न कुनै कारबाही नै ।’ उनले अब हिन्दु समर्थकहरुको मोर्चा बनाएर नेपाललाई हिन्दु राष्ट्र बनाउने र भ्रष्टहरुलाई दण्डित गर्ने बताए । ‘यसका लागि पार्टीलाई मुलुकको नेतृत्व गर्ने ठाउँमा पुर्याउनुपर्छ’, उनले भने, ‘अब सबै नेपाली जनता एक ठाउँ भएर नेपाल जनता पार्टीलाई मुलुककै बलियो शक्ति बनाउन लागौं ।’ आफ्नो पार्टीले अगुवाई गरेर अब छिट्टै हिन्दु राष्ट्र घोषणा अभियान सुरु गर्ने उनले जनाए । पाठकले गाउँगाउँमा गएर संगठन निर्माण गरी अघि बढ्न नेताकार्यकर्तालाई निर्देशन दिए ।

भारत महाराष्ट्रका भारतीय जनता पार्टीका नेता नामदेव कदमले शान्तिका प्रतीक बुद्धको देश, पशुपतिनाथ र माता जानकीको देशमा आउन पाउँदा आफूले गौरव महशुस गरेको जनाए । उनले हिन्दुहरुको बाहुल्य भएको नेपाल धार्मिक तथा ऐतिहासिक रुपले पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे । ‘विडम्बना तर नेपाललाई हिन्दु राष्ट्रबाट हटाएर धर्मनिरपेक्ष बनाइयो’, उनले भने, ‘सारा विश्वले नेपाललाई हिन्दु राष्ट्र भनेर चिन्छ, पुरै विश्वमै नेपाल मात्रै एकमात्र हिन्दु राष्ट्र हो भन्छ । हाम्रो पनि चाहना नेपाल हिन्दु राष्ट्र होस् भन्ने हो ।’ उनले नेपाल–भारत सम्बन्ध रोटीबेटीको भएको जनाउँदै यो सम्बन्ध सदिऔंसम्म रहने विश्वास व्यक्त गरे । नेपालको विकास र समृद्धिका लागि भारत सरकार र आफ्नो पार्टीले सधै हातेमालो गर्ने उनको भनाई छ ।

नेजपाका केन्द्रिय सदस्य वीरेन्द्रकुमार जैसवालले गत स्थानीय तह निर्वाचनमा पार्टी केही वडाहरुमा जित निकाल्न सफल भएको बताउँदै आउँदो निर्वाचनका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्य जित्नका लागि अहिलेबाटै संगठन निर्माणमा लाग्नुपर्ने बताए । उनले संगठन बलियो भए पार्टी बलियो हुने र जुनसुकै निर्वाचनमा जित निकाल्न सफल भइने जनाए । पार्टीको नीति, एजेण्डा र सिद्धान्त सही भएर पनि जनतासम्म लग्न नसकिएको जनाउँदै जैसवालले यसका लागि अब निरन्तर परिश्रम गर्नुपर्ने बताए ।

भारतका हिन्दुत्ववादी नेता नरसिंह पाण्डेले नेपाल हिन्दु राष्ट्र भएको हेर्न आफूहरुको चाहना भएको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता रविदत्त मिश्रा, जनमत पार्टीका नेता अर्जुन जैसवाल लगायतले बोल्दै मधेशको अधिकार प्राप्तिका लागि सबै एक ठाउँ उभिनुपर्ने बताए । महाधिवेशनको अवसरमा विभिन्न पार्टी परित्याग गरी सयौंजना नेजपा प्रवेश गरेका थिए ।

≪ Previous Post

दाङमा दुई बस एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु, ११ जना घाइते

Next Post ≫

ठमेलमा बाराही ग्रुपको नयाँ होटल 'बाराही काठमाडौं' सञ्चालनमा, करिब डेढ अर्ब लगानी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क