Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
सुशासनको प्रत्याभुति हुनसके मात्र लोकतन्त्र सार्थक
60
SHARES
ShareTweet

बुटवल । सुशासनको प्रत्याभुति हुन सके मात्र लोकतन्त्रको सार्थकता रहने एक कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका छन् । उनीहरुले नेपालमा लोकतन्त्र प्राप्तीको १७ बर्ष पुगेपनि प्राप्त उपलब्धिहरुको रक्षा हुन नसकेको उल्लेख गरे ।
१७ औं लोकतन्त्र दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको राष्ट्रिय उत्सव ः लोकतन्त्र दिवस कि जनयुद्ध दिवस ? बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले लोकतन्त्र दिवसमा सार्बजनिक बिदा नदिएकोमा आपत्ति प्रकट गरे ।
नागरिकहरूको प्रवल चाहना शान्ति भएकै कारण २०६२–२०६३ मा जनआन्दोलनको सफलता पश्चात लोकतन्त्र प्राप्ती भएको र शान्ति समाजले खेलेको भूमिकाको प्रशंसा समेत गरिएको छ । समाजका रुपन्देही सभापति खिमप्रसाद भट्टराइ (कृष्ण)को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख बक्ता मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय निवर्तमान सभापति गोबिन्द खनालले दलहरुले सहि भूमिका खेल्न नसकेको आरोप लगाउनुभयो ।
उहाँले ठूला दलहरुकै कारण बितृष्णा फैलिएको उल्लेख गर्दै राष्ट्रिय उत्सव,लोकतन्त्र की जनयुद्ध दिवस भन्ने बारेको बिबादलाइ साझा बिन्दुमा ल्याएर टुंगाउनुपर्ने बताउनुभयो ।
सो अबसरमा नेपाली कांग्रेसका युवा नेता प्रजापाल गिरीले सरकारले लोकतन्त्र दिवसलाइ महत्व नदिएको आभाष भएको बताउनुभयो । एमाले युवा नेता बाबुराम पन्थीले आजको दिनमा सरकारले सार्बजनिक बिदा दिनुपर्ने धारणा राख्नुभयो । नेकपाका बिरेन्द्र बिकले जनयुद्ध दिवसबारेको गलत ब्याख्या नगर्न सरोकारवालाइ आग्रह गर्नुभयो । उहाँले सबैले सबैखाले दिवस मनाउन पाउनुपर्ने उल्लेख गर्नुभयो ।
शान्ति समाज रुपन्देही शाखा उपसभापति कपिल ज्ञवालीले २ पृष्ठको अवधारणा पत्र प्रस्तुत गर्दै अहिले देखिएका सबैखाले विकृतिहरूलाई अन्त्य गरि राजनीतिलाई विकासमुखी बनाउन र सुशासनको अनुभुति दिनुपर्ने बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बरिष्ठ पत्रकार तथा राससका पूर्व अध्यक्ष डा बालकृष्ण चापागाइले जनयुद्ध वा लोकतन्त्र दुबैको महत्व आ–आफ्नै रहेको तर्क गर्नुभयो ।
सो अबसरमा,पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भुसाल,सञ्चारिका समूह लुम्बिनी रुपन्देही अध्यक्ष निरु गौतम, होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ रुपन्देही अध्यक्ष लेखनाथ भण्डारी, लेखक ऋषि आजाद, अधिकारकर्मी रिता सेन ओली, समाजका सचिव कृष्ण पाण्डे, सदस्य अर्जुन कुवर,सीता पौडेल, प्रकाश भट्राइ लगायतले बोल्नुभएको थियो । कार्यक्रममा करिब ९० जनाको सहभागिता रहेको थियो । समाजले बर्तमान सरकारले गरेका कतिपय निर्णयहरू राष्ट्र हितमा नभएको जनाएको छ ।

≪ Previous Post

बुटवलमा राष्ट्रिय पार्क सम्मेलनको तयारी तीब्र

Next Post ≫

बुटवल उद्योग वाणिज्य संघद्वारा घरभाडामा १५ प्रतिशत छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क