Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उद्योग वाणिज्य संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिको सम्मान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उद्योग वाणिज्य संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिको सम्मान

संसारपोस्ट संवाददाता · १२ बैशाख २०८० · 0
उद्योग वाणिज्य संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिको सम्मान
80
SHARES
ShareTweet

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई संघका वस्तुगत समितिहरुले सम्मान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्वाचित भएकोमा संघका अध्यक्ष कसजूलाई बस्तुगत समितिहरुले सम्मान गरेका हुन् ।
अध्यक्ष कसजूलाई सोमबार एक कार्यक्रमका बिच कपडा व्यवसायी बस्तुगत समिति र गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले सम्मान गरेका हुन् । त्यसै अवसरमा कपडा व्यवसायी बस्तुगत समितिले राष्ट्रपतिद्वारा प्रज्वल जनसेवा श्रीबाट विभूषित संघका सल्लाहकार तथा पूर्व अध्यक्ष निर्मलप्रसाद लाकौललाई पनि सम्मान गरिएको छ ।
सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले केन्द्रमा बुटवलको पहुँच स्थापित भएको र आगामी दिनमा व्यवसायीका समस्याहरु उठान गर्न पनि सहज हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले बुटवल उद्योग वाणिज्य संघ महासंघको संस्थापक सदस्य रहेको बताउँदै यहाँका व्यवसायीका समस्या समाधानको लागि केन्द्रमा गर्विलो आवाज उठाउन नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गर्नुभयो ।
त्यस अवसरमा कपडा व्यवसायी बस्तुगत समितिका सभापति अनिल चुके, पूर्व सभापति तथा सल्लाहकार कर्णकुमार ह्योजू, पूर्व सभापति तथा संघका कार्यसमिति सदस्यहरु प्रकाश श्रेष्ठ, त्रिबिक्रम श्रेष्ठ, कपडा बस्तुगत समितिकी सम्झना ह्योजू, गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिका सभापति अलिम दिन, सचिव सन्तोष नेपाल, सदस्य जनक श्रेष्ठ लगायतले बैंकको चर्को व्याजदर, खस्किँदो अर्थतन्त्र, खुला सिमानाका लगायतका कारण यस क्षेत्रका व्यवसायीहरु धाराशायी हुँदै गएको बताउँदै व्यवसाय टिकाईरहने वातावरण निर्माणको पहल कदमी लिन आग्रह गर्नुभएको थियो ।
त्यसै अवसरमा कपडा व्यवसायी बस्तुगत समितिले प्रकाशन गरेको नयाँ वर्ष २०८० को भित्तेपत्रो (क्यालेण्डर) सार्वजनिक गरिएको थियो ।

 

≪ Previous Post

पाल्पा बस दुर्घटना : एक महिलाको मृत्यु, १८ जना घाइते

Next Post ≫

सुशासन पालना भएमा सर्वागिङ्ग विकास हुन्छ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क