आज मिति २०७६ श्रावण १९ गते आईतवार तदनुसार ४ अगष्ट २०१९ परिधावीनाम संवत्सर रवि दक्षिणायन,वर्षाऋतु , श्रावणशुक्लपक्ष, तिथिः– चौथी ४४ घडी ३१ पला, रात्रि ११ वजेर १७ मिनेटसम्म , नक्षत्र– पूर्वफाल्गुनी ७ घडी ५९ पला, बिहान ८ वजेर ४० मिनेट सम्म, योग – परिघ, करण – बव आनन्दादीयोग – छत्र, चन्द्रमा – सिंह राशिमा दिनको २ वजेर १६ मिनेटसम्म पश्चात् कन्याराशिमा, सूर्य– कर्कट राशिमा , बृहस्पति– बृश्चिक राशिमा, सूर्य उदय विहान ५ वजेर २९ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ४९ मिनेटमा ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दिनकाे २ सम्म भने संग्रिहीत रकमखर्च होला,गरिने काममा प्रतिस्पर्धा बढ्नेछ । अध्यान अध्यापनमा मन जनेछैन । पारिवारिक समस्यले सताउला , आफूले वनाएको योजना गोप्य राख्नुहोला । २ वजे पछि भने साेचेकाे फल मिल्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आर्थिक कमजोरी आउन सक्ने भएका कारण अर्थ मितव्ययी वन्नु पर्ला , गरेको श्रमको पनि उचित फल नमिल्न सक्छ , मानसिक चिन्ता वढेर जाला, वादविबाद परिएला बोलीमा नियन्त्रण गर्नु पर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दिनकाे २ वजे पछि भने उल्टाे फल आउने छ । २ वजे सम्म भने नबीन कार्यको सुरुवाद गरीनेछ , यश आराममा बृद्धिहोला । हिँजका दिनमा बिरोधका भाषा वोल्ने हरु पनि सकारात्मक हुनेछन् । मानसिसक क्लेश ससमाप्त हुनेछ, मित्र जनबाट सुख मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिनकाे २ वजे पछि भने राम्राे समय आाउने छ भने २ वजे सम्म व्यर्थमा समय व्यतीत होला, सही कार्यदिशा समात्न नसकिएला । आर्थिक समस्याले सताउने छ , खर्चमा नियन्त्रण गर्न नसकिएला । रोकीएका काम वनाउनको लागी निकै गाह्राे पर्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
दिनकाे २ वजे सम्म नवीन कार्योजना वन्न सक्नेछ । वस्त्र तथा उपाहार मिल्ने ससम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तीहोला,हिम्मत र जोस बढ्नेछ । सामाजिक प्रतिष्ठा बढेर जाला । २ वजे पछि उल्टाेफल आउने छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
दिनकाे २ वजे सम्म पेट तथा पाचन प्रक्रिया कमजोर होला, आलश्य बढ्नेछ । वाटोघाटोमा ख्याल गरेर हिड्नु पर्नेछ, अनावश्यक भ्रमण खर्च वढ्ला । विरोधी हरुकोजालमा पर्न सकिएला । २ वजे पछि भने राम्राे हाेला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
परिवारमा खुशिको माहोल वन्नेछ, नजजिकी आफन्तको आगमन होला । ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला,व्यवससाय बाट राम्रोलाभ मिल्नेछ । गरेको कामले धेरैको मन जित्न सकिनेछ । २ वजे पछि विपरीत फल आउने छ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ । व्यापारले पर्याप्त लाभ दिलाउने, रोकिएका काम सजिलैपुराहोला । मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
दिनकाे २ वजे सम्म अरुको लहै लहैमा लाग्नाले महत्वपूर्ण काम नै एकातिर हुन सक्छ । मेहनत र श्रम गरेता पनि उपलव्धी भने अपेक्षा गरेको नमिल्न सक्छ । व्यवसाय बाट प्रससन्नता मिल्नेछैन । २ वजे पछि भने राम्राे काम हाेला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सहयोगी भन्दा बिरोधीनै ससवल हुनेछन् । अरुको भर पर्नाले महत्व पूर्णकार्य रोकिनसक्छ । आर्थिक कमजोरीले गर्दा व्यवसायमा लगानि गर्ने असर गुम्नेछ , यात्रा वाट सोंचेको उपलव्धी हात लाग्ने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दिनकाे २ वजे पछि विपरीत फल अउने भए पनि २ वजे सम्म अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न होला । तपाँईले गरेको राम्रोकामको सैले तारिफ गर्ने छन् । व्यवसायमा लगानि वढाउने दिन रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पुरानो चलेको विवाद समप्त होला, आत्म बिश्वास बढ्नेछ, मेहनतले गरेको कामले फइदा दिलाउला । विशिष्ठ व्यक्तिसग ससम्पर्क बढ्ला, पारिवारिक आनन्दले मन प्रफुल्लहुनेछ ।