Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा ६९ जनाको उमेदवारी दर्ता
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा ६९ जनाको उमेदवारी दर्ता

संसारपोस्ट संवाददाता · २० चैत्र २०७९ · 0
उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा ६९ जनाको उमेदवारी दर्ता
100
SHARES
ShareTweet

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि बारा, चितवन र तनहुँमा कुल ६९ जनाको उमेदवारी परेको छ । सोमबार भएको उमेदवारी मनोनयमा तीनै क्षेत्रमा गरी कुल ६९ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारीहरूका अनुसार बारा क्षेत्र नम्बर २ मा ३६, चितवन क्षेत्र नम्बर २ मा २४ र तनहुँ क्षेत्र नम्बर १ मा ९ जनाको उमेदवारी परेको छ ।
बारा–२ मा दलका १२ जना र स्वतन्त्र २४ जना गरी ३६ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बारामा नेकपा (एमाले)बाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उमेदवारी परेको छ ।
यसैगरी चितवन–२ मा दलका १२ र स्वतन्त्र १२ जना गरी २४ जनाको उमेदवारी परेको छ । नेपाली कांग्रेसबाट जीतनारायण श्रेष्ठ, नेकपा (एमाले)बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उमेदवारी परेको छ ।
यस्तै तनहुँ–१ मा दलका ९ जनाको उमेदवारी परेको छ । जसमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितको उमेदवारी परेको छ । निर्वाचन कार्यालयका अनुसार तनहुँमा स्वतन्त्र उमेदवारी परेको छैन ।

≪ Previous Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

Next Post ≫

डिजेल र मट्टीतेल प्रति लिटर १० रुपैयाँले घट्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क