Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित

संसारपोस्ट संवाददाता · ४ चैत्र २०७९ · 0
तिलोत्तमा गोल्ड कप सुरु : उद्घाटन खेलमा सुदूरपश्चिमसंग रुपन्देही १–३ गोल अन्तरले पराजित
130
SHARES
ShareTweet

बुटवल । शनिबार देखि बुटवलमा २२ औं संस्करणको तिलोत्तमा गोल्ड कप सुरु भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा सुरु भएको उद्घाटन खेलमा सुदूरपश्चिम टिमले जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ । बुटवल–११ देविनगरमा अवस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा सुदूरपश्चिमले रुपन्देही–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भएको हो ।
सुदूरपश्चिमका लागि जर्सी नम्बर–११ का फागुराम थारुको दुई तथा जर्सी नम्बर–१९ का स्वाम्या हार्दिकले गोल गरेका हुन् । खेलको सुरुवातदेखिनै रुपन्देहीमाथि हाबी देखिएको सुदुरपश्चिमका लागि पहिलो हाफको ३१ औं मिनेटमा जर्सी नम्बर ११ का फागु चौधरीले करिब ३० यार्ड टाढाबाट फ्री किक प्रहार गर्दै सोझै जाली चुमाएका थिए ।
१–० अंकसँगै पहिलो हाफ सकिएको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमै प्राप्त फ्री किकलाई सदुपयोग गर्दै सुदूरपश्चिमका स्वाम्या हार्दिकले बललाई जाली चुमाउँदै अग्रतालाई दोब्बर बनाएका थिए । यसैगरि खेल अवधिभर उत्कृष्ट खेल प्रस्तुत गर्दै निरन्तर गोलको अवसर सिर्जना गरिरहेका जर्सी नम्बर ११ का थारुले दोस्रो हाफको २३ औं मिनेटमा थप एक गोल गर्दै टिमलाई ३–० को अग्रतामा पुर्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम समयमा रुपन्देहीले सान्त्वना गोल गर्न सफल भएको थियो । सुदूरपश्चिमको डी एरिया भित्र फल भएपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रुपन्देहीका जर्सी नम्बर ७ का फोडे फोफोनाले गोल गरेका हुन् । प्रतियोगितामा सुदूरपश्चिमका फागुराम थारु म्यान अफ दी म्याच घोषित भए ।
भोलि आइतबारको खेल हिमालयन शेर्पा र थ्री सटारका बीच हुने छ । दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने संघले जनाएको छ । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

≪ Previous Post

रूपन्देही सुपरलिगको उपाधी वेष्टर्न क्रिकेट क्लबलाई

Next Post ≫

अनेरास्ववियुले आत्मालोचना गरेपछि बुटवल क्याम्पसमा स्ववियु निर्वाचनमा सहमति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क