Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण

संसारपोस्ट संवाददाता · २९ फाल्गुन २०७९ · 0
कुहिने फोहोरबाट मल बनाउन कम्पोष्टबिन वितरण
60
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन कम्पोष्टबिन वितरण गर्न थालिएको छ । नगरपालिकाले पहिलो चरणमा आनन्दवन—शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थासँगको सहकार्यमा कम्पोष्टविन वितरण सुरु गरेको हो । मूलतः थोरै क्षेत्रफलमा घर निर्माण गरेका नगरबासीहरुलाई लक्षित गरी कम्पोष्टबिन वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ ।

कम्पोष्टविनमा नगरपालिका र खानेपानी संस्थासँगै उपभोक्ताहरुको पनि लागत साझेदारी रहेको छ । पहिलो चरणमा खानेपानी संस्थाले एक हजार थान कम्पोष्टविन वितरण गर्ने जनाएको छ । उपभोक्ताको मागको आधारमा थप कम्पोष्टविन वितरण गरिने संस्थाले जनाएको छ । नगरपालिकाले परीक्षणको रुपमा संस्थासँग सहकार्य गरेर नगरबासीले घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

सोमबार कम्पोष्टबिन वितरण कार्यको सुभारम्भ गर्दै तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले कम्पोष्टविनको व्यवस्थित प्रयोगले फोहोरलाई मोहरमा परिणत गर्ने उल्लेख गर्नुभयो । उहाँले वातावरणमैत्री नगर निर्माणमा कम्पोष्टविन वितरणले टेवा पुर्याउने बताउँदै प्रभावकारिताको आधारमा यसलाई विस्तार गरिने बताउनुभयो ।

त्यसअवसरमा संस्थाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी गराउँदै संस्थाका अध्यक्ष केशवराज न्यौपानेले कम्पोष्टबिनले उपभोक्ताहरुलाई कौशीखेतीमा समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झविन्द्र भण्डारी, नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख युवराज पन्थी, आनन्दवन शंकरनगर खानेपानीका उपाध्यक्षलगायतले कम्पोष्टविनको प्रयोग र महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।

तिलोत्तमा नगरपालिका सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित नगर सरसफाई अभियान एक सयौं श्रृंखलामा पुगेको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् सोमबार डष्टविन वितरण गरिएको हो । यसअघि आनन्दवन शंकरनगर खानेपानी संस्थाले आफ्ना उपभोक्तालाई नगरपालिकासँगको लागत साझेदारी समेतमा कुहिने र नकुहिने फोहोर राख्ने डष्टविन वितरण गरेको थियो । खानेपानी संस्थामा आठ हजारभन्दा बढी उपभोक्ता घरधुरी छन् । कम्पोष्टविनको प्रयोग गरी गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने हो भने फोहोर व्यवस्थापनका लागि अरुको भर पर्नु पर्दैन । यसमा उत्पादित मललाई करेसाबारीमा प्रयोग गरी विभिन्न जातको तरकारी फलाउन सकिन्छ । जग्गा जमिन हुनेले मात्र होइन नहुनेले पनि घरको छतमा कौशी खेती गर्न सक्छन् ।

सप्ताहव्यापी कार्यक्रमअनुसार मंगलबार नगरपालिकाको सिक्सलेन सडकमा बिहान मानव साङ्लो सहितको सरसफाई कार्यक्रम आयोजना गरिएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । सप्ताहव्यापी कार्यक्रमअनुसार नगरपालिकाको आह्वानमा टोल विकास संस्थाहरुले सडक र सार्वजनिक स्थानमा सघन सरसफाई गरेका छन् भने विद्यालयहरुमा पनि सफाई गरिएको छ ।

तिलोत्तमा नगरपालिकामा २०७४ सालबाट नियमित सरसफाई अभियान सुरु भएको थियो । आगामी चैत्र १ गते एक सयौं श्रृंखलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरु समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् ।

 

≪ Previous Post

रुपन्देही सुपरलिगः वेष्टर्न क्लबलाई सफलता

Next Post ≫

नवनिर्वाचित राष्ट्रपति पौडेलद्वारा पद तथा गोपनीयतको शपथ ग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क