Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७९ · 0
उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीको पेशा अन्धकारमय भएको गुनासो
90
SHARES
ShareTweet

बुटवल । रुपन्देही विद्युतीय व्यवसायी संघको ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले उज्यालो दिने वस्तुको व्यवसायगर्ने व्यवसायीहरुको पेशाव्यवसायमा अन्धकार लागेको गुनासो गरेका थिए । मुलुकमा देखिएको संकटले हरेक व्यवसाय धरापमा परेको वेला रुपन्देहीका विद्युतीय व्यवसायीले भोग्नु परेको पीडा यसरी सुनाएका हुन । बैकको व्याज बुझाउन सारै समस्या भयो, जसले गर्दा व्यापारीको जोरो काड्ने भयो, संकट लम्बिदा समस्याले रेकड तोड्ने भयो जस्ता पीडा उनीहरुले सुनाएका थिए ।
उलीहरुले राज्यले व्यवसायीले भोग्नु परेका तमाम समस्यामा ध्यानदिन नसकेको, बैक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर, विद्युतीय सामान उत्पादनगर्ने उद्योगहरुले सिधै उपभोक्ताको घर घरमा होलसेलले पाउने मुल्यमा सामान सप्लाई दिदा विद्युतीय व्यवसायी मारमा परेको गुनासो गरेका छन् । उनीहरुले विद्युतीय व्यवसायी महासंघ यस्ता मारमा परेका व्यवसायीको संरक्षणको लागि जिम्मेवार हुन व्यवसायीहरु डोलाराम न्यौपाने, दिलिप अग्रवाल, तेज वहादुर जिसी र तेज नारायण खरेलले आग्रह गर्नु भयो ।
कार्यक्रममा वोल्दै बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई र रुपन्देही व्यापार संघका प्रथम उपाध्यक्ष प्रकाश ढकालले बुटवल लगायतका प्रमुख शहरका उद्योगी, ब्यवसायी र व्यापारीहरु चरम आर्थिक समस्यामा परेको गुनासो राख्नु भयो । बैंक वाहेक अन्य सबै व्यवसाय चौपट भएको उहांहरुले औल्याउनु भयो ।
कार्यक्रममा विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले विद्युतीय व्यसायीका समस्याको सवालमा महासंघ चिन्तित रहेको बताउदै महासंघको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत समस्याको सवालमा एकतर्फी रुपमा गम्भीर हुन संभव नभएकाले अर्थ मन्त्रालयसंग सिधै छलफल गरि समाधान खोज्न जरुरी रहेको औल्याउनु भयो ।
संघका अध्यक्ष लोकनाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष शान्तराज कंडेल, महासचिव सूर्य कुवंर लगायतले व्यवसायीका सवालमा महासंघ जिम्मेवार हुनपर्नेमा जोड दिनुभयो ।
सोहीअवसरमा बुटवल नगर समितिलाई उत्कृष्ट, तिलोत्तमा नगर समिति दोस्रो र सैनामैना नगर समिति तेस्रो हुदै सम्मानित भएका छन् । सोही समारोहमा संघले एसईईमा व्यवसायीका छोराछोरीवाट उत्कृष्ट अंक ल्याएकालाई पनि सम्मान गरिएको थियो ।

≪ Previous Post

लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पुरुषोत्तम पाण्डेय

Next Post ≫

रोजगार सूचना मेलालई सफल वनाउने तिलोत्तमा उद्योग वाणिज्य संघको प्रतिवद्धता 

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क