Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

संसारपोस्ट संवाददाता · २० फाल्गुन २०७९ · 0
शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने
60
SHARES
ShareTweet

तिलोत्तमा ।  रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको आयोजना तथा तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा नगर स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्र तथा छात्राहरुबीच प्रतियोगिता हुन लागेको हो ।
फागुन २० गतेदेखि  शुरु हुने प्रतियोगितामा १२  विद्यालयको सहभागिता रहने छ । प्रतियोगिता मार्फत नगर भित्रका विद्यालयहरुबीच सद्भाव र आत्मीयता बढाउने उद्धेश्यले प्रतियोगिता राखिएको विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले बताउनुभयो ।
नगरस्तरीय प्रतियोगिताले नगरभित्रका विद्यालयहरुबीच सहकार्यको भावनामा बृद्धि हुने अपेक्षा सहित विद्यार्थीहरुबाट उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ तिलोत्तमा नगरपालिकाले सहकार्य गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु. ३० हजार, द्वितीय हुने समुहले २० हजार र तृतीय हुने २ समुहले १० हजार सहित मेडल र ट्रफि प्राप्त गर्ने  प्रतियोगिताका संयोजक राजेन्द्र के.सी.ले बताउनुभयो ।
आज हुने उद्घाटन खेल छात्रातर्फ आयोजक शान्ति नमुना र सेन्ट जोसेफ बोर्डिङ् स्कुलबीच हुने प्रतियोगिताका सञ्चार संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । यस्तै छात्रातर्फ दोस्रो खेलमा सिद्धार्थ इङ्गलिश बोर्डिङ् स्कुल र न्यू इन्भाइरमन्ट बोर्डिङ् स्कुलबीच हुनेछ भने अर्को खेलमा  गिर्वाण मा.वि. र नवज्योति बोर्डिङ् स्कूल आमने सामने हुनेछन्। कुवँरवर्ती बोर्डिङ् स्कुलले भने बाई प्राप्त गरेको छ ।
यस्तै छात्रतर्फ पहिलो खेल गिर्बाण मा.वि. र जनता मा.वि.बीच हुनेछ भने दोस्रो खेल शंकरनगर दुर्गादत्त मा.वि.र जनज्योति मा.वि.बीच हुनेछ ।
त्यस्तै अर्को खेलमा  पशुपति मा.वि. विरुद्ध नमुना मा.वि. र न्यू इन्भाइरमेन्ट विरुद्ध नव ज्योति बोर्डिङ् स्कुल आमने सामने हुनेछन् ।
छात्रतर्फ आयोजक शान्ति नमुना  मा.वि., कुँवरवर्ती बोर्डिङ् स्कुल, सिद्धार्थ बोर्डिङ् स्कुल र सेन्ट जोसेफ बोर्डिङ् स्कुलले बाई प्राप्त गरेका छन् ।

≪ Previous Post

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

Next Post ≫

रुपन्देही सुपरलिगः बुटवल–११ विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क