Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही

संसारपोस्ट संवाददाता · १८ फाल्गुन २०७९ · 0
उपभोक्ता अधिकार सुरक्षित गर्न बुटवलमा बजार अनुगमन, मापदण्डविपरीत काम गर्नेलाई कारबाही
110
SHARES
ShareTweet

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो ।
विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उहांका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै ३ वटा विद्यालय अनुगमन, ८ वटा खेल संरचना अनुगमन, २२ वटा होटल तथा स्पा सेन्टर अनुगमन, १५ वटा सहकारी अनुगमन, ३ वटा विद्यालय अनुगमन र ८ वटा वडा कार्यालय अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा कानून र मापदण्डविपरीत काम गरिरहेका पसल तथा संस्थाहरुलाई कानूनबमोजिम कारबाही गरेको उहांले बताउनु भयो । उहांले आगामी दिनमा पनि निरन्तर अनुगमन हुने भएकाले उपभोक्ता र व्यवसायी तथा उत्पादकहरु सचेत हुनुपर्ने बताउनु भयो । बुटवलमा रहेका मिठाइ पसल र रेष्टुरेन्टहरुमध्ये केहीमा अखाद्य अवस्थामा पुगेको तेल फेला परेकोमा नष्ट गरिएको छ ।
केही मिठाई पसल र रेष्टुरेन्टले तेलमा लापरबाही गरेको, बासी र सडेगलेका सामग्री तथा झिंगा र किरा परेका खाद्यपदार्थ बिक्रीका लागि राखेको पाइएकोमा सामग्री नष्ट गरी कानूनी कारबाही अगाडि बढाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले बताउनु भयो । उपभोक्ताको हितलाई ध्यानमा राखेर उत्पादन र बिक्री गर्नुपर्नेमा त्यसो नगर्नेलाई कानूनी कारबाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
बुधबार र बिहीबार बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, उद्योग वाणिज्य संघ, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, सञ्चारकर्मीसहितको टोलीले बुटवलका मिष्ठान्न भण्डार, खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट, क्याफे, मासु पसललगायतको अनुगमन गरेको थियो ।

≪ Previous Post

रुपन्देही सुपरलिगः तिलोत्तमा क्रिकेट क्लब ११२ रनले विजयी

Next Post ≫

शान्तिमा तिलोत्तमा नगरस्तरीय भलिवल प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क