Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी

संसारपोस्ट संवाददाता · १६ फाल्गुन २०७९ · 0
रुपन्देही सुपरलिग : तिरुपति क्रिकेट क्लब विजयी
70
SHARES
ShareTweet

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रक्रियोगिता अन्तर्गत डिभिजन ‘ए’को मंगलबारको खेलमा विजयी भएको छ । तिरुपतिले बुद्ध क्रिकेट क्लबलाई २ विकेटले पराजित गर्दै जित निकालेको हो ।
सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनको झिनो योगफल बनायो । उसका लागि मिथलेश यादवले ३२, विपिन न्यौपानेले २३ र कमल परियारले २० रन बनाए पनि अन्य ब्याट्सम्यान तिरुपतिका बलरसामु निरिह भए । उसलाई झिनो स्कोरमा रोक्न तिरुपतिका विवेक यादवले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर ५ विकेट लिए । यस्तै, सन्दिप मौर्यले ३ तथा तुलबहादुर थापा र वसिर अहमदले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले २९.३ ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा आनन्द गौडले नटआउट ४७, वसिर अहमदले २४ र नन्दलाल चाईले १८ रनको योगदान दिए । बुद्धका कमल परियारले १० ओभर बलिङ गर्दै २ मेर्डन राखेर २८ रन खर्चंदै ६ विकेट लिए भने विपिन न्यौपानेले २ विकेट लिन सफल भए । तिरुपतिका विवेक यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जानकारी गराउनुभयो ।
चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफि तथा उपबिजेताले ५० हजार र ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदियमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गर्नुभएको छ ।

≪ Previous Post

बुटवल नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा

Next Post ≫

ट्रक तथा ट्याङ्कर चालकलाई दुर्घटना न्युनिकरण र सदक लेन सम्बन्धी तालिम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क