Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ

संसारपोस्ट संवाददाता · १२ फाल्गुन २०७९ · 0
लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ
80
SHARES
ShareTweet

ईटहरी । ईलाका प्रहरी कार्यालय, इटहरीले लागू औषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जिल्ला झापा कन्काई नगरपालिका वडा नं.३ घर भई हाल जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं.६ मा डेरा गरी वस्ने वर्ष २४ को राजिव अधिकारीको डेरा कोठामा लागू औषधको कारोवार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, इटहरीबाट खटिएको प्रहरी टोलीले लागू औषधको कारोवारमा संलग्न राजिव अधिकारी, निजको श्रीमती वर्ष २९ की प्रमिला घिमिरे र भारत बिहार राज्य सुपौल जिल्ला भिमनगर ग्राम पञ्चायत वडा नं.१२ बिरपुर वस्ने हरिशंकर प्रसाद गुप्ताको छोरा वर्ष २६ को विनोद कुमार गुप्तालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुको शरीर तथा निजहरु वसेको कोठा समेत खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध खैरो हिरोईन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३३ ग्राम ७९० मिलिग्राम, सामसुङ कम्पनीका विभिन्न रंगका स्क्रिन टच मोवायल थान ७, रेडमी कम्पनीको स्क्रिन टच मोवायल थान २, ईनफिनिक्स कम्पनीको स्क्रिन टच मोवायल थान १, की प्याड वाला कलर्स मोवायल थान १, ओवि टेल मोवायल थान १, नोकिया मोवायल थान १, पावर बैंक थान २, हाते घडी थान ४ र तौल गर्ने डिजिटल मेसिन थान १ बरामद भएको ईटहरी प्रहरीले जनाएको छ ।
यस्तै उनीहरुको साथवाट विभिन्न दरका नेपाली रु.१ लाख ५ हजार १३०, विभिन्न दरका भारतीय रु.२२ हजार ७९०कैची थान १ र पोलिथिन झोला थान २० वरामद गरी लागू औषध सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

≪ Previous Post

पशुपति कलेजमा अन्तरकक्षा हाजिरी जवाफ प्रतियोगिता

Next Post ≫

देवदहको वसन्तपुरमा रोटरीको निःशुल्क आँखा शिविर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क