Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि
भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी स्थित मायादेवि मन्दिरको दर्शन

भारतीय सन्त मुरारी वापूद्वारा लुम्बिनी...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ५ प्रवास फिचर मुख्य समाचार · 1 hour ago
पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलमा प्रति...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे बुटवल घोषणापत्र जारी

उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनद्वारा ७ बुँदे...

अर्थ प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि

संसारपोस्ट संवाददाता · १७ पुष २०७९ · 0
न्यु होराइजनले चुम्यो साई ग्लोबल कपको उपाधि
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सम्पन्न अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराइजन कलेज, बुटवलले जितेको छ । आइतबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको फाइनल खेलमा काशी नोबल एकेडेमी, भैरहवालाई ४७ रनले पराजित गर्दै न्यु होराइजनले उपाधि जित्न सफल भएको हो ।
उपाधि बिजेता न्यु होराइजनले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो उपबिजेतामा चित्त बुझाएको काशीले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । टस जितेर ब्याटिङ गरेको न्यु होराइजनले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको योगफल बनायो । उसका लगि अमर मिश्राले ३४, प्रकाश गिरीले ३३, आशिष लोहनीले २० र सुमित पराजुलीले १८ रनको योगदान दिए । बलिङमा काशीका शंकर राना, सुप्रित घिमिरे र सिद्धार्थ अधिकारीले समान २–२ तथा सेजाद आलम र सन्देश जिसीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको काशी निर्धारित खेलमा ८ विकेटको क्षतिमा ८९ रनमै समेटियो । उसका लागि शंकर रानाले २३, सन्देश जिसीले नटआउट १४ र सिद्धार्थ अधिकारीले १२ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका अमर मिश्रा र सुमित पराजुलीले २–२ तथा निर्मल गुरुङ र प्रकाश गिरीले १–१ विकेट लिए ।
प्रतियोगितामा न्यु होराइजनका अमर मिश्रा म्यान अफ द सिरिज, बेष्ट बलर, बेष्ट ब्याट्सम्यान र म्यान अफ द फाइनल भए । उनले सबै विधामा गरेर ११ हजार रुपैयाँ प्राप्त गरे । भैरहवाको जेसिज उच्च मावि अनुशासित टिम घोषित भयो ।
विजेता खेलाडीलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रतियोगिता आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, रुपन्देही प्रहरी प्रमुख रविन्द्र रेग्मी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय राजेशकुमार अग्रवाल र महेन्द्रकुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरी, उद्योगपति ऋषिकेश अग्रवाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भिष्मप्रसाद न्यौपानेलगायतले पुरस्कार प्रदान गरेका थिए । सामुदायिक र निजी विद्यालयका गरी २० टिम सहभागि प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको थियो ।

≪ Previous Post

मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव, कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

Next Post ≫

बुटवलसहित देशैभरको शाखामा होटल पौवाले मनायो राष्ट्रिय पोषाक तथा टोपी दिवस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क