Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी

संसारपोस्ट संवाददाता · २९ कार्तिक २०७९ · 0
विपन्न, सुकम्बासी र उत्पीडित समुदायको  समस्या समाधान गर्छौ : पहाडी
100
SHARES
ShareTweet

सैनामैना । नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही निर्वाचन क्षेत्र न. ५ (१) का गठबन्धनका साझा उम्मेद्वार विनोद पहाडीले विपन्न, सुकम्बासी र उत्पीडित समुदायको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन क्षेत्र न. ५ को १ अन्तर्गतका विभिन्न क्षेत्रमा चुनावी भेटघाटका क्रममा उम्मेद्वार पहाडीले नागरिकले भोगेका दैनिक अप्ठ्याराहरुलाई समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । कञ्चन गाउँपालिका वडा न. १ लौसामा जागरण सृजनशिल आमा समूह र कञ्चन जागरण दलित सञ्जालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पहाडीले निर्वाचन क्षेत्रमा रहेका विपन्न, दलित तथा महिलाहरुलाई आत्मनिर्भर र सक्षम बनाउने कार्यक्रम लागु गर्ने बताए । उनले निर्वाचन क्षेत्रमा रहेका विपन्न र दलित तथा महिलाहरुको जीवनस्तर उकास्ने सवालमा गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार नेपाली कांग्रेसका नेता भरतकुमार शाह र आफू संवेदनशिल रहेको बताए ।
निर्वाचन क्षेत्रलाई खरको छानामुक्त, महिला तथा विपन्न समुदायका लागि घुम्ती स्वास्थ्य सेवा समेत सञ्चालन गर्ने पहाडीले घोषणा गरे । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका पहाडीले अहिलेको गठबन्धन विपन्न र सिमान्तकृत नागरिकको अधिकार संरक्षणका लागि बनेको बताए । उनले विगतमा केन्द्रीय बजेट पारेर प्रतिनिधिसभाका उम्मेद्वार काँग्रेस नेता शाहले काम गरेको बताउँदै अब थप कामहरु हुने विश्वास दिलाए । उनले गठबन्धनका उम्मेद्वारलाई जिताएर पछुतो मान्ने अवस्था आउन नदिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका उपसभापति डा. अनिता शाहले कञ्चन क्षेत्रमा अझै पनि भौतिक विकास गर्न बाँकी रहेको बताउँदै अब मानवीय विकासका लागि समेत गठबन्धनका उम्मेदवारहरुले काम गर्ने बताइन । शाहले गठबन्धनको स्थानीय सरकार बनिसकेको र अब संघ र प्रदेशमा समेत गठबन्धनको उम्मेदवार जिताएमा मात्रै दलित, महिला तथा सिमान्तकृत समुदायहरुको अधिकार स्थापित हुने बताईन ।
उक्त अवसरमा कञ्चन जागरण दलित सञ्जालका अध्यक्ष राजकुमार सुनार, सदस्य दिलमायाँ विक तथा कृष्ण ढुंगानाले बोल्दै स्थानीयहरुलाई रोजगारीसँगै विकास निर्माणमा जोड्न आग्रह गरेका थिए ।

≪ Previous Post

औद्योगिक विकासको लागि गठबन्धनका उम्मेदवारको साझा प्रतिवद्धता

Next Post ≫

रुपन्देहीमा एकिकृत समाजवादीको चुनावी अभियान तिव्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क