Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ चुनावी सरगर्मी बढेसँगै रुपन्देही २ (क) मा सत्ता गठबन्धन उत्साहित
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

चुनावी सरगर्मी बढेसँगै रुपन्देही २ (क) मा सत्ता गठबन्धन उत्साहित

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७९ · 0
चुनावी सरगर्मी बढेसँगै रुपन्देही २ (क) मा सत्ता गठबन्धन उत्साहित
100
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको क्षेत्र नं. २ मा नेपाली काँग्रेस सहितको सत्ता गठबन्धनमा चुनावी सरगर्मी बढेको छ । पछिल्लो समय राष्ट्रिय जनमुक्ति पार्टी पनि सत्ता गठबन्धनमा जोडिएपछि सत्ता गठबन्धनका नेता कार्यकर्तामा उत्साह थपिएको छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा प्रतिनीधि सभामा सत्ता गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशवबहादुर थापालाई समर्थन गरेपछि राष्ट्रिय जनमुक्तिले बाँकी क्षेत्रमा भएका आफ्ना उम्मेद्वारहरुलाई निश्कृय बनाएर सत्ता गठबन्धनका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसारमा खटिएको छ । यसले सत्ता गठबन्धनका उम्मेदवार तथा नेता कार्यकर्तालाई समेत उत्साहित बनाएको नेपाली काँग्रेस क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महत बताउनु हुन्छ ।
रुपन्देहीको क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनीधि सभामा राष्ट्रिय जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केवशबहादुर थापा तथा प्रदेश सभा सदस्य पदमा (क) बाट नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य दीर्घबहादुर केसी र (ख) बाट नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बामदेव क्षेत्री उम्मेद्वार हुनुहुन्छ ।
सोही अनुसार सत्ता गठबन्धनले चुनावी प्रचार प्रसारका काम तिब्र रुपमा अगाडि बढाएको छ । रुपन्देही क्षेत्र नं. २ अन्तरगत प्रदेश सभा क्षेत्र नं. २ (क) का उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीको पक्षमा जीत सुनिश्चित गराउने गरी चुनावी प्रचार प्रसारको काम अगाडि बढाईएको प्रदेश सभापति महतले बताउनु भयो ।
गठवन्धनमा रहेका दलका नेता कार्यकर्तामा देखिएको उत्साह, सामाजिक क्षेत्रमा गरेको योगदान र मतदाताबाट प्राप्त भएको सुभेच्छा तथा आशिर्वादका कारण आफ्नो विजयलाई सुनिश्चित बनाएको प्रदेश सभा सदस्य पदका उम्मेद्वार दीर्घबहादुर (कुमार) केसीले बताउनु भयो । उहाँले निर्वाचनमा आफूले गरेका वाचा र प्रतिवद्धता चुनाव पछि पनि नबिर्सने बताउँदै मतदान गरेर सहयोग गर्न मतदातालाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टीले सो क्षेत्रमा प्रतिनीधि सभा र प्रदेश सभाका उम्मेद्वारलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसारको काम अगाडि बढाएका छन् ।
निर्वाचनबाट आफ्नो पक्षमा नतिजा निकाल्नको लागि सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नं. २ (क) मा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष प्रकाश रानाको संयोजकत्वमा गठबन्धनमा रहेका दलका प्रतिनीधिहरु सदस्य रहेको राजनीतिक दल परिचालन समिति गठन गरिएको छ । यस्तै नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नं. २ (क)का सभापति खड्गबहादुर महत संयोजक रहेको निर्वाचन परिचालन मुल समिति गठन गरिएको छ ।
त्यस्तै निर्वाचन परिचालन मुल समिति मातहत रहनेगरी विभिन्न १९ वटा उपसमिति गठन गरिएको नेपाली काँग्रेस प्रदेश सभा २(क)का सचिव बालकृष्ण अर्यालले जानकारी गराउनु भयो । प्रदेश सभा सदस्य उम्मेदवार केसी र गठवन्धनका उम्मेदवारलाई विजयी गराउनको लागि गठित उपसमितिहरुले पनि आफ्ना गतिबिधिहरुलाई तिब्र रुपमा अगाडी बढाएका छन् । उपसमितिले प्रदेश सभा अन्तरगतका वडाहरुमा गठबन्धन आवद्ध दलहरुलाई समेत समेटेर वडा स्तरीय निर्वाचन समिति गठन तथा परिचालन समेत गरेका छन् । अनुगमन तथा बुद्धिजीवि, भूपू परिचालन समिति, महिला परिचालन, दलित परिचालन, युवा परिचालन, पेशा तथा व्यवसायी, विद्यार्थी तथा अनुशासन समिति, आदिवासी जनजातीलगायतका परिचालन उपसमितिका बैठक दिनहुंबसी चुनावी रणनीति तय गरिरहेका छन् ।
यसैगरी कुलप्रसाद लामिछानेको संयोजकत्वमा गठित प्रतिवद्धता तयारी उपसमितिले पनि उम्मेदवारहरुले जनताका सामु प्रस्तुत गर्ने प्रतिवद्धता पत्रको मस्यौदा अन्तिम चरणमा पुगेको र छिटै सार्वजनिक गर्ने तयारीमा रहेको सभापति महतले बताउनु भयो ।

≪ Previous Post

नेपाली कांग्रेसद्वारा घोषणापत्र सार्वजनिक,समुन्नत नेपाल निमार्ण गर्ने मार्गचित्र (पूर्णपाठ)

Next Post ≫

लुम्बिनीमा निशुल्क विजुली बसको यान्त्रिक परीक्षण सफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क