Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज
केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा गिरी सरकार

केन्द्रीय राजनीतिको प्रभाव लुम्बिनीमा, संकटमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल एशोसिएट्सलाई

एक्यान क्रिकेट टुर्नामेन्टको उपाधि हर्सल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा, ओली ५ दिन राजधानी वाहिर रहने

पूर्व प्रधानमन्त्री ओली लुम्बिनी भ्रमणमा,...

पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago

रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज

संसारपोस्ट संवाददाता · २ कार्तिक २०७९ · 0
रुपन्देही क्षेत्र नंं २ : एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको मुद्दाको अन्तिम सुनुवाई आज
140
SHARES
ShareTweet

काठमाडौं, २ कात्तिक । रुपन्देही क्षेत्र नंं २ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका राजु गुरुङको मुद्दाको सुनुवाई आज हुंदैछ ।
सत्ता गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका गुरुङको मुद्दामा अन्तरिम आदेश जारी गर्ने–नगर्नेबारे आज सुनुवाइ हुने भएको हो । यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाउनुभएको थियो ।
सर्वोच्च अदालतले असोज ३१ गरे अन्तरकालिन आदेश दिँदै आज कार्तिक–२ का लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो ।
आज यो मुद्दाको सुनुवाई दुई न्यायाधीशको इजलासमा हुने सर्वोच्च प्रशासनले जनाएको छ । निर्वाचन आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
आयोगले उम्मेदवारी खारेज गरेपछि गुरुङले सर्वोच्च अदालतमा आयोगको फैसला त्रुटिपूर्ण रहेको भन्दै खारेजी माग्दै रिट दिनुभएको थियो ।
रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादी पार्टीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) बमोजिम गुरुङको उम्मेदवारी मनोनयन खारेज गरेको थियो । प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधान उल्लेख गरिएको छ । सोही दफा १३ को खण्ड (ज)मा प्रचलित कानूनबमोजिम कालोसूचीमा रहेकोमा सो अवधिभर उम्मेदवार बन्नका लागि अयोग्य हुने उल्लेख छ ।
शुक्रवार न्यायाधीश हरि फुयालको एकल इजलासमा परेको सो मुद्दा झगडीया पक्षले नै स्थगनको निवेदन दिएपछि सुनुवाई हुन सकेको थिएन । आइतवार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा सुनुवाई सकिएको थियो । गुरुङले आफ्नो उम्मेदवारी कायम हुनुपर्ने माग गर्दै दायर गरेको रिटमाथि सुनुवाईपछि सर्वोच्चले कारण देखाउ आदेश दिएको थियो । रिट निवेदकको पक्षबाट शम्भु थापा, हरिहर दाहाल, रमण श्रेष्ठलगायतले बहस गरेका छन् । निर्वाचन आयोगको निर्णयको बचाउको पक्षमा राजेन्द्र आचार्यले बहस गर्नुभएको छ ।

≪ Previous Post

आज बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

Next Post ≫

कल्याणकारी सहकारीद्वारा नीलकण्ठ बावा धाममा खाद्यान्न सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क