Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७९ · 0
बुटवल नयाँ बसपार्कमा बुटवल उपमहानगरद्वारा सहायता कक्ष स्थापना
80
SHARES
ShareTweet

बुटवल, ६ असोज । बुटवल उपमहानगरपालिकाले चाडपर्वलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ ।
चाडपर्वको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले उपमहानगरपालिकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो ।
सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए । खनालका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ ।
नयाँ बसपार्कमा स्थापना गरिएको सहायता कक्षबाट बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात गरिएको खनालले बताए । उनले चाडपर्वमा बसपार्कमा यात्रुहरुको भीडभाड बढी हुने र बसपार्कभित्र फोहोर समेत बढ्ने भएकाले नियमित रुपमा औषधि छर्ने कामलाई पनि निरन्तर अघि बढाएको बताए ।

कोभिड १९, डेंगु र अन्य स्वासप्रस्वासबाट सर्ने रोगलाई ध्यानमा राखेर मास्क लगाउनका लागि प्रेरित गर्ने र स्वास्थ्य सचेतना फैलाउने काम गर्नका लागि बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सहायता कक्षमा कर्मचारी खटिने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।
उनले बसपार्कमा आएर अलपत्र परेकाको उद्धार तथा घरसम्म पुग्न बेखर्ची भएकाहरुलाई अवस्था हेरेर सहजीकरण र सहायता गर्ने बताए ।

≪ Previous Post

दशैं, तिहार छठलगायतका चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु

Next Post ≫

आजदेखि ‘अस्थायी मतदाता’को नामावली संकलन सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क