Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे विश्व बैंकका प्रतिनिधिसँग छलफल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे विश्व बैंकका प्रतिनिधिसँग छलफल

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७९ · 0
तिनाउ नदीमा बन्ने सिग्नेचर पुलबारे विश्व बैंकका प्रतिनिधिसँग छलफल
90
SHARES
ShareTweet

बुटवल, २८ भदौ । बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाईनमाथि छलफल भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेको नेपाली र विदेशी इन्जिनियरहरुले बुटवलका जनप्रतिनिधिसँग छलफल गरेका हुन् ।
मंगलबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा विश्व बैंकका प्रतिनिधिले जनप्रतिनिधि र सरोकारवालासँग पुलको आर्किटेक डिजाइन, यसले ओगट्ने क्षेत्र र पार्ने प्रभावका बारेमा छलफल गरेका हुन् । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भइसकेको छ । डिजाइनअनुसार पुल निर्माणको प्रक्रिया अघि बढाउनका लागि बुटवलमा आएका विश्व बैंकका प्रतिनिधिलाई पुल निर्माणका लागि उपमहानगरको तर्फबाट सहकार्य गर्न तयार रहेको र बुटवलको आवश्यकताका बारेमा जानकारी गराइएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिनुभयो ।
उहाँले पुल निर्माणका क्रममा आवश्यक पर्ने जग्गा व्यवस्थापन र पुल आसपासको क्षेत्रको बस्तीका बारेमा थप अध्ययन गरेर निणर्य गर्ने जानकारी गराएको बताउनुभयो । पुलको डिजाइन तयार पार्ने क्रममा पुलको पूर्वी प्रवेशद्वारनजिकै राधाकृष्ण टोल र विकास पथका बीचमा भूमिगत सडक जोड्ने र पश्चिमतर्फको मार्ग पनि कायमै रहने गरी डिजाइनलाई अन्तिम रुप दिन सुझाव दिइएको नगर प्रमुख पाण्डेयले बताउनु भयो । ‘यो सामान्य पुलमात्रै हुनेछैन, जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दूका मन्दिर र मुस्लिमका मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी संयोजन गरेको पुल बन्नेछ, उहांले भन्नुभयो –‘यो पुलको वारिपारी चेक ड्याम बनाएर तलाउ बनाइनेछ र नदी किनारमा आरती गर्ने, रात्रीकालीन बजारमा रमाउने गरी लाइटिङ हुनेछ ।’
नगरप्रमुख पाण्डेयले पुलसँगै हरियाली बगैचा, क्याफे र विश्रामस्थलहरु समेत बन्ने हुँदा यसले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो । ‘जितगढी किल्ला, युद्ध संग्रहालय, पुरानो बुटवल, आसपासका धार्मिक र पर्यटकीय स्थलहरुको अवलोकन गर्न पुलले सहयोग गर्ने छ ।
पुल निर्माण पछि यहाँका ऐतिहासिक, पुरातात्विक स्थलहरु एकअर्काका सहयोगी बन्नेछन्, यसबाट पर्यटक आकर्षित हुनेछन् र स्थानीयको व्यापार व्यवसायमा लाभ हुनेछ ।’ प्रमुख पाण्डेले भन्नुभयो ।
छलफलका क्रममा विश्व बैंककी दक्षिण एशिया शहरी विकास इकाईकी वरिष्ठ शहरी विकास योजनाकार स्टेफनिया अबकेर्लीले तिनाउमा बन्ने पुल नेपालकै नमूना र पर्यटकीय स्थलहरुसँग जोडिएकाले यसले स्थानीय बासिन्दा र स्थानीय सरकारलाई लाभ दिलाउने बताउनुभयो ।
उहांले ऐतिहासिक र पर्यटकीय स्थलहरु जितगढी किल्ला र युद्ध संग्रहालयमा पर्यटक आउनका लागि पुलले समेत सहयोग पु¥याउने बताउनुभयो । उहांले स्थानीय सरकारका तर्फबाट पुल निर्माणका लागि स्थानीय रुपमा समन्वय गरिदिनका लागि बुटवल उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।
सिग्नेचर पुलका लागि भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरेको छ ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, विश्व बैंकका प्रतिनिधि सञ्जय सक्सेना, परामर्शदाता, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख इन्जिनियर होम बहादुर एसी, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, वडा नं. १, २ र ५ का अध्यक्षहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

मोतीपुर औद्योगिक क्षेत्रको जग्गाको नापजाँच गर्ने काम शुरु

Next Post ≫

तिलोत्तमा नगरपालिकामा बाली उपचार शिविर सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क