रामकुमार श्रेष्ठ
नवलपुर, २६ भदौ । फोटो पत्रकार महासंघ नवलपुरको कावासोतीमा आइतबार भएको प्रथम अधिवेशनले नविन पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले खुल्ला उपाध्यक्षमा दयाराम आचार्य, महिला उपाध्यक्षमा कल्पना कुवंर, सचिवमा धनु भुसाल, कोषाध्यक्षमा राजु चापागाई र सहसचविमा मिना कंडेललाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा चन्दा गुरुङ, प्रकाश भण्डारी, टिकाराम रजाली मगर, टोल बहादुर राना, धनप्रसाद पाण्डे, राजु चापागाई र सुस्मा सुनार चयन भएका छन् ।
अध्यक्ष पौडेलले जिल्लामा पत्रकारहरुको प्रविधिमा क्षमता अविवृद्धिका लागि फोटो पत्रकार महासंघले छिट्टै नै प्रविधिलाई जोड्दै तालिम संचालन गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले नेपाल पत्रकार महासंघले फोटो पत्रकार महासंघसँग सदैव हातोमालो गरेर अगाडी बढ्न प्रतिबद्ध रहेको बताए ।