बुटवल, ११ भदौ । मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलको आयोजनामा मणिमुकुन्द कलेज बुटवलमा सञ्चालित शिक्षिका भलिवल प्रतियोगीताको उपाधी एभरेष्ट मा.वि.ले जितेको छ । शुक्रबारदेखि शुरु भएको प्रतियोगीताको फाइनल खेलमा एभरेष्ट मा.वि.ले कालिका मानवज्ञान मा.वि.लाई ३–० को सेटमा पराजित गर्दै उपाधी जितेको हो । प्रतियोगितामा कालिका मानवज्ञान मा.वि.ले द्धित्तीय स्थान हात पारेको छ भने न्यू होराइजन मा.वि.तृतिय बन्न सफल भयो ।
हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको शुक्रबार मणिमुकुन्द कलेज व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगिताका विजेता टिमलाई रोटरी क्लव अफ बुटवलकी पुर्व अध्यक्ष भगवती पाण्डे, क्याम्पस प्रमुख टुकबहादुर क्षेत्री, सह–प्राचार्य दिवाकर खनाल, व्यवस्थापन संकाय संयोजक पशुपति चौधरी, दिनेश पाण्डे, मणिमुकुन्द कलेज विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डे, झरना अर्याललगायतले कप, मेडल र प्रमाणपत्रले सम्मान गर्नुभएको थियो । हरितालिका तिजको अवसरमा आयोजित उक्त प्रतियोगीतामा प्रथम, द्धित्तीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रमसमेत सम्पन्न भएको छ । बिभिन्न विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका छन् ।