बुटवल, १० भदौ । मणिमुकुन्द कलेज बुटवलमा शुक्रबारदेखि शिक्षिका भलिवल प्रतियोगिता शुरु भएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मणिमुकुन्द कलेज व्यावस्थापन समितिका अध्यक्ष गम प्रसाद रेश्मीले उद्घाटन गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न उद्घाटन खेलमा एभरेष्ट माबि बिजयी भएको छ । कान्ति माबि बुटवललाई २ – ० को सेटले पराजित गर्दै एभरेष्ट बिजयी भएको हो । प्रतियोगिताका अन्य खेलहरु शनिबार हुनेछन् ।
प्रतियोगिताका विजेता टिमलाई कप, मेडल र प्रमाणपत्र सहित सम्मान गरिनुका साथै प्रथम, द्वितीय र तृतिय हुने टिमसंग सामुहिक दर खाने कार्यक्रम समेत रहेको क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले जानकारी दिए ।
बिभिन्न विद्यालयका शिक्षिकाहरुबिच आत्मिय सम्बन्ध बिकासकालागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । आयोजकका अनुसार मणिमुकुन्द कलेज योगिकुटीमा जारि प्र्रतियोगिताको फाइनल खेल शनिवार हुने छ ।
मणिमुकुन्द विद्यार्थी काउन्सिलका अध्यक्ष दिपेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चाल झरना अर्यालले गरेकी थिइन् ।