Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गृहमन्त्री खाँणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
आज विश्व वातावरण दिवस मनाईदै

आज विश्व वातावरण दिवस मनाईदै

प्रदेश प्रदेश १ प्रदेश २ प्रदेश ३ प्रदेश ४ प्रदेश ५ प्रदेश ६ प्रदेश ७ फिचर मुख्य समाचार · 1 hour ago
सुन चाँदीका गरगहना चोरी गर्ने सामानसहित पक्राउ

सुन चाँदीका गरगहना चोरी गर्ने...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा ५ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरामाभएको जीप दुर्घटनामा...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गृहमन्त्री खाँणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७९ · 0
गृहमन्त्री खाँणद्वारा मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन
80
SHARES
ShareTweet

काठमाडौं, २७ साउन । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाँणले कार्यदल गठन गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी सम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा यस्ता अपराध हुन नदिन आवश्यक पहल कदमी लिन निर्देशन दिनुभएको थियो ।
त्यसपछि गृहमन्त्री खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा.भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ । कार्यदलको सदस्यमा नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेकाछन् ।
कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन अन्तर निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अबलम्बन गर्नुपर्ने उपायहरूका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने लगायतका कार्यादेश दिइएको छ ।

≪ Previous Post

व्यक्तिको नाममा रहेको बुटवल १७ को सरकारी जग्गा फिर्ता गराउन वडा कार्यालयको पहल

Next Post ≫

जनैपूर्णिमा मनाउन मामा घर पाल्पा गएका गुल्मीका बालकको डुबेर मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क