Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ताजा तरकारीको बजारीकरणका सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण तालिम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ताजा तरकारीको बजारीकरणका सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण तालिम

संसारपोस्ट संवाददाता · २२ श्रावण २०७९ · 0
ताजा तरकारीको बजारीकरणका सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण तालिम
70
SHARES
ShareTweet

बुटवल, २२ साउन । कोभिड प्रभावित किसानलाई उनीहरुको उत्पादन बजारीकरणमा सहयोग गर्न सञ्चालित परियोजना अन्तरगत बुटवलमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ । यु.एस.ए.आई.डि.को सहयोग तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, अन्तरप्रेरणा, अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र र खेती (कृषि सम्बन्धि अनलाई एप्स)को आयोजनामा व्यवसाय विकास सेवा सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको हो ।
यी संस्थाहरुले यु.एस.ए.आई.डि.को आर्थिक सहयोगमा रुपन्देही, कपिलबस्तु र पाल्पामा कोभिड प्रभावित किसानले उत्पादन गरेको ताजा तरकारीको बजारीकरणमा सहयोग गर्ने गरी परियोजना सञ्चालन गरिएको छ । एक वर्षे परियोजनालाई सफल बनाउनको लागि कृषि सम्बन्धि सहकारी संघसंस्था, बजार प्रवद्र्धक तथा अगुवा किसानलाई तालिम प्रदान गरिएको हो ।
तालिमको उद्घाटन गर्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले किसानका कतिपय उत्पादनले बजार पाउन नसकिरहेको र अर्कोतिर बजारमा पनि ती उत्पादनको अभाव रहेको सन्दर्भमा यो परियोजना फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँ तालिम लिएकाहरुले तालिममा सिकेका कुरालाई स्थानीय स्तरमा गएर मातहतका किसानलाई उत्पादित बस्तुको बजारीकरणमा सिकाउन आग्रह गर्नुभयो ।
तालिममा उत्पादित बस्तुको बजारीकरण, बजारीकरणमा विद्युतीय प्रणाली माफर्त बजारीकरण लगायतका बारेमा जानकारी गराईने छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा अन्तरप्रेरणाकी श्रद्धा शाक्यले व्यवसायी विकास सेवा तथा यसको महत्व, खेती भेन्चरका सहदेव पोखरेलले एप्समा कसरी बजारीकरण गर्ने, शुनिल तुलाधरले विजनेशको मोडल क्यानभास, संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले मुल्य श्रृङ्खला, व्यवसाय विकास अधिकृत विकासमान कर्माचार्यले संघले प्रदान गरिरहेको व्यवसाय विकास सेवा सम्बन्धि प्रशिक्षण गर्नुहुने छ ।
तालिममा साना किसान कृषि सहकारी, कृषि समूह तथा अगुवा किसान गरी २८ जना सहभागि रहेको संघका कार्यक्रम अधिकृत तथा परियोजनाका फोकल प्रसन केशव ढकालले जानकारी गराउनु भयो ।

≪ Previous Post

बुटवलमा बालबालिकालाई कोभिड विरुद्धको दोस्रो डोज खोप लगाउन शुरु

Next Post ≫

बुटवल–बेलहिया खण्डको अलपत्र सडक निर्माणलाई अघि बढाउने निर्माण कम्पनीको प्रतिवद्धता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क