गुल्मी, २२ साउन । गुल्मीको रेसुङ्गामा ट्रक दुर्घटना हुँदा ट्रक चालकको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमिचौरबाट तम्घासको देउरालीतर्फ आउँदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक दुर्घटनामा परेको हो । प्रहरीका अनुसार ट्रक सडकबाट करिब १५० मिटर तल खसेको छ ।