Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन

संसारपोस्ट संवाददाता · ११ श्रावण २०७९ · 0
पर्यटक आगमन बढाउन लुम्बिनीमा आगामी मंसिरमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन
90
SHARES
ShareTweet

बुटवल, ११ साउन । लुम्बिनी बिकास कोषको परिषद बैठकले पर्यटक आगमनलाई बढाउन आगामी मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । बुधवार लुम्बिनीमा कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठक पछि पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले लुम्बिनी गुरुयोजना अनुसारका कामहरु चांडै सम्पन्न गर्ने योजना लिएको बताउनु भयो । लुम्बिनी आउने पर्यटकहरुलाई कसरी सुविधा युक्त बसाई र सहज अवलोकन गर्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने बारेमा पनि कार्ययोजना बनाएको मन्त्री श्रेष्ठले बताउनु भयो ।
मन्त्री श्रेष्ठले नेपालका २ वटा महत्वपूर्ण स्थलहरुलाई विश्व सम्पदामा सूचिकृत गराउने प्रयास थालिएको जानकारी गराउनु भयो । धार्मिक र पुरातात्विक महत्व बोकेको तिलौराकोट र जनकपुरलाई विश्व सम्पदामा सूचिकृत गराउने उद्देश्य सहित मन्त्रालय लागेको मन्त्री श्रेष्ठले बताउनु भयो । यस अघि पनि मन्त्रालयले ७३ बुंदे कार्ययोजना अगाडी सारेको थियो ।
भैरहवामा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई थप ब्यवस्थित रुपमा सुचारु गरि बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको उहाँले बताउनु भयो । यसको लागि भ्रमण बर्ष नभई २०२३ देखि २०३३ लाई भ्रमण दशक तोकेर अगाडी बढ्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
आज(बुधबार) बसेको परिषद बैठकमा आर्थिक बर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । यस्तै कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदामा सूचिकृत गर्नका लागि आवश्यक रणनीति, दस्तावेज, सम्बन्धित अन्य दस्तावेज तयार गर्ने, ग्लोबल बुद्धिष्ट फोरम, अन्र्तराष्ट्रिय बौद्ध सम्मेलन आयोजनाको लागि तदर्थ समिति गठन लगायतका बिषयमा छलफल भएको थियो ।

≪ Previous Post

एमाले यातायात विभागले यातायात क्षेत्रको अनियमितता रोक्न पहल गर्ने

Next Post ≫

बुटवल उपमहानगरले घटायो सम्पत्ति र घरबहालमा १० प्रतिशत कर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क