Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप

संसारपोस्ट संवाददाता · ३१ असार २०७९ · 0
तिलोत्तमाको नगरसभा बैठक स्थगित : उपप्रमुखले माइन्यूट नियन्त्रणमा लिएको कांग्रेसको आरोप
110
SHARES
ShareTweet

तिलोत्तमा, ३१ असार । रूपन्देहीको तिलोत्तमा नगरपालिकालेको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार दिउसो १ बजेका लागि बोलाइएको १२ औं अधिवेशनको तेस्रो बैठकमा गणपुरक संख्या नपुगेको भन्दै नगर प्रमुख रामकृष्ण खाँणले सभामा बैठक स्थगित भएको जानकारी गराउनु भएको हो ।
नगर प्रमुख रामकृष्ण खाँणले सभाका लागि आवश्यक गणपुरक संख्या नपुगेकोले बैठक स्थगित भएको दिउसो ४ बजे नगर सभालाई जानकारी गराउनुभएको हो ।
नगर सभा बैठकमा बहुमत नगरसभा सदस्यहरूको सहभागिता रहे पनि नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थितिमा हाजिरी नगरेका कारण गणपुरक संख्या नपुगेको हो । ९१ जना नगर सभा सदस्य रहेको तिलोत्तमा नगरपालिकामा नगरसभामा उपस्थित ४१ जना नगर सदस्यहरुले मात्र उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकामा बहुमतमा रहेको नेकपा एमालेले नगर सभाको बैठकमा न्यायिक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति गरी चारवटा विषयगत समिति गठनको कार्यसूचि समावेश नगरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेकाकारण नगर सभामा गणपुरक संख्या नपुगेको हो ।
गणपुरक संख्या नपुगेर बैठक स्थगित भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेपाली कांग्रेसबाट निर्वाचित तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहुमतको दम्भ र अहंकार देखाएर बैठकमा उपस्थित भएर पनि उपस्थिति पुस्तिकामा हस्ताक्षर नगरेका कारण बैठक स्थगित भएको बताउनु भयो ।
उपस्थिति पुस्तिकामा नगर सदस्यहरुले हस्ताक्षर गर्नेक्रममा प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले उप प्रमुख जागेश्वरी चौधरीलाई हस्ताक्षर गराउन खोज्दा उपप्रमुख चौधरीले उपस्थिति पुस्तिकानै आफ्नो नियन्त्रणमा लिएको वडाध्यक्ष ढकालको आरोप छ । उपप्रमुख चौधरीले उपस्थिति पुस्तिकानै आफ्नो नियन्त्रणमा लिएर एमालेबाट निर्वाचित नगर सदस्यहरुले उपस्थिति नगरेका कारण नगर सभा वैठक स्थगित गर्नुपरेको वडाध्यक्ष ढकालले बताउनु भयो ।
नेकपा एमालेका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले भने गणपुरक संख्या नपुगेकाकारण बैठक स्थगित नभएको प्रतिक्रिया दिनुभयो । नगर सभाबाट गठन गर्नुपर्ने न्यायिक समिति लगायतका विषयगत समिति गठन गर्नुपर्ने आफुहरुको माग सुनुवाई नभएकोले नगर सभा सञ्चालनमा सहमति जुट्न नसकेको नगर सदस्य श्रीले बताउनु भयो ।
तर नेपाली कांग्रेसबाट निर्वाचित नगर सदस्यहरुले भने नेकपा एमालेले बहुमतको दम्भ र अहंकार देखाएर सहमति जुट्ने कुरामा समेत अड्को थाप्ने, सहमति नगर्ने र जनादेशको समेत अपमान गरेका कारण समस्या उत्पन्न भएको आरोप लगाएका छन् । एमालेकै अवरोधका कारण नगरपालिकाले वजेट पास लगायतका काम अगाडी बढाउन सकिरहेको छैन ।
नेपाल बार एसोशियसन उच्च अदालत बुटवलका पुर्व अध्यक्ष अधिवक्ता महेन्द्र पाण्डेले स्थानीय तहमा संबिधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना नगरेको भन्दै निर्वाचित जनप्रतिनिधिले बहुमत र अल्पमतको कुरा गर्न नहुने बताउनुभयो ।
अधिवक्ता पाण्डेका अनुसार जुन दलबाट टिकट पाएर चुनाव जिते पनि जितिसकेपछि सबै जनताको साझा जनप्रतिनिधि भएकोले सोही अनुसारको ब्यवहार गर्नुपर्नेमा विचार ब्यक्त गर्नुभयो । बहुमत र अल्पमतको खेलमा लाग्दा वजेटमा असर पर्न सक्ने भन्दै पाण्डेले कसका कारण पालिकाको विकासमा कस्तो असर पर्यो भन्ने आवधिक निर्वाचनमा जनताले मुल्याङ्कन गर्ने प्रतिक्रिया दिनुभयो । नगर सभाको अर्को बैठक साउन १ गते बस्ने छ ।

≪ Previous Post

बुटवलको मुख्य सडकको काम रोकिएपछि नगरप्रमुख पाण्डेको असन्तुष्टि

Next Post ≫

बिजि बेकर्स बुटवल कोरा २०२२ शुरु : धार्मिक, ऐतिहासिक र पुरातात्विक स्थलहरुको प्रचारप्रसारमा टेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क