Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा

संसारपोस्ट संवाददाता · २२ असार २०७९ · 0
पेट्रोलियम पदार्थको मुल्य बृद्धिले ट्रक व्यवसाय समस्यामा
70
SHARES
ShareTweet

पालिका र संघसंस्थामा निर्वाचितलाई सम्मान
बुटवल, २२ असार । बदलिदो राजनीतिक व्यवस्था र पछिल्लो समय पेट्रोलियम पदार्थको बढ्दो मुल्य बृद्धिले ट्रक व्यवसायको पेशा गम्भिर स्थितिमा पुगेको व्यवसायीहरुले गुनासो गरेका छन् ।
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलले आज (बुधबार) आयोजना गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघको महाधिवेशनवाट निर्वाचित पदाधिकारी तथा स्थानीय निकाय निर्वाचन–२०७९ बाट निर्वाचित जनप्रतिनिधि एवम् विभिन्न संघ संस्थाबाट निर्वाचित व्यक्तिहरुलाई सम्मान गर्न आयोजना गरिएको कार्यक्रममा वोल्ने यातायात ब्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।
व्यवसायीहरुले राज्यले भाडादर प्रणाली कायम नगर्नाले घाटादर दैनिक रुपमा ओरालो लाग्दै गएकाले कहिलेकाहीँ ट्रक बेचौं भन्ने सोंचमा समेत पुग्ने गरेको गुनासो गरे ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका पूर्व अध्यक्ष अर्जुन रानाभाटले सरकारले यातायात व्यवसायीको पक्षमा काम गर्नेहरुलाई प्रोत्साहन गर्न नसकेको गुनासो गर्नुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले यातायात क्षेत्रको खस्कदो अवस्थालाई सुधार गर्न चुनौति संगै अवसर पनि रहेको भन्दै सरकारले तय गरेको भाडादर कायम गर्न सकेमा ब्यवसायीलाई थोरै भएपनि राहत मिल्ने बताउनु भयो ।
यातायात क्षेत्रमा सह–चालक हुँदै चालक भएर २०७९ को स्थानीय तह निर्वाचनमा पाल्पाको तिनाउ गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रेम श्रेष्ठले बढ्दो महंगी र घट्दो भाडादरले नाफा भन्दापनि गाडीको खर्च समेत धान्न गाह्रो भएकाले पछिल्लो समय ट्रक व्यवसायीहरु निकै धरासायी बन्दै गएको भनदै दुख व्यक्त गर्नु भयो ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपाने, सचिव उमेशचन्द्र मजगैयाँ, संघका पूर्व अध्यक्ष गुप्तबहादुर केसी, अखिल नेपाल फूटवल संघका उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार), जिल्ला खेलकुद विकास समिति बुटवलका नवनियुक्त अध्यक्ष भुपेन्द्र वहादुर थापा क्षेत्री, संघका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव हरिप्रसाद कंडेललगायतले बोल्दै थला पर्दै गएको माल बाहक ढुवानी व्यवसायलाई चलायमान बनाउन व्यवसायीहरु बीचमा एकता जरुरी रहेको बताउनु भयो ।
सो अवसरमा पूर्व ब्यवसायी पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, अखिल नेपाल फूटवल संघका नव निर्वाचित उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार)लगायतलाई सम्मान गरिएको थियो ।

≪ Previous Post

रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

Next Post ≫

रोटरी क्लब अफ बुटवलको ३० औ पदस्थापन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क