काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस रामेछापको सुनापती गाउँपालिकामा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् ।
रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना भएको रामेछाप प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी राजकुमार थिङका अनुसार बा ३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको हो । प्रहरीका अनुसार घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ ।
