Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण

संसारपोस्ट संवाददाता · २ असार २०७९ · 0
स्थानीय तहमा विजयी एमालेका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण
90
SHARES
ShareTweet

काठमाडौं, २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण दिन लागेको छ । पार्टी कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आजबाट दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरिएको एमालेले जनाएको छ ।
एमाले प्रचारविभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा बिहीबार ११ बजे प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुने छ ।
पार्टी स्कूल विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित पालिकाका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षहरुको सहभागिता रहने छ । ७५३ स्थानीय तह मध्ये एउटा पालिकामा निर्वाचन सम्पन्न हुन बाँकी रहेको छ भने एमालेले निर्वाचन भएका ७५२ स्थानीय तहमध्ये २०५ पालिकामा प्रमुख र २४० उपप्रमुख जितेको छ ।
एमालेले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन, नीति र कार्यक्रम कसरी बनाउने, बजेट तथा कानून निर्माण कसरी गर्ने, विकास, सुशासन, जनतासँग सम्बन्धन कसरी स्थापित गर्ने र राष्ट्रिय राजनीतिलगायतका विषयमा प्रशिक्षण दिन लागेको प्रचारविभाग उपप्रमुख रिजालले जानकारी दिनुभयो ।

≪ Previous Post

आज संसद्मा प्रधानमन्त्री र अर्थमन्त्रीले जवाफ दिने

Next Post ≫

परासी जिसस निर्वाचन : केन्द्रीय सदस्य कँडेल र नेता कलवारलाई कारबाहीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क