Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७९ · 0
एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’
90
SHARES
ShareTweet

काठमाडौं, १२ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तापक्षले धाँधली गरेको आरोप लगाएका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार भाग लिँदै अध्यक्ष ओलीले निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नभएको बताए ।
निर्वाचन सम्पन्न भएको १४ दिनसम्म पनि नतिजा नआउनु धाँधली भएको स्पष्ट प्रमाण भएको बताउंदै ओलीले भने–‘निर्वाचन स्वच्छ हुन सकेन, विपक्षी दलका उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर सत्तापक्षले निर्वाचन गरायो । विपक्षी उम्मेदवारका घरमा बम पड्काइयो । बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैं आएर घर भत्कियो ? प्रहरी निरीह हेरेर बसेको छ । तै पनि सरकार निष्पक्षरुपमा निर्वाचन भयो भन्छ । यसलाई निष्पक्ष निर्वाचन भन्न मिल्छ ?’
विभिन्न जिल्लामा मतदाताको हत्या भएको र त्यो हत्या गठबन्धनका कार्यकर्ताबाट भएको ओलीले आरोप लगाए ।
स्वार्थलाई केन्द्रभागमा राखेर लोकतन्त्रको धज्जी उडाइएको टिप्पणि गर्दै ओलीले आफूले २०१५ सालदेखि निर्वाचन हेरिरहेको भन्दै यस्तो निर्वाचन पञ्चायतकालमा पनि नभएको बताए ।
उनले प्रतिपक्षी दलका कारण एक ठाउँमा पनि मतदान स्थगित नभएको दाबी गरे । उनले भने–‘गठबन्धनको घोषित नीति नै थियो । हामीलाई धुलो चटाइदिने, पत्तासाफ गराइदिने । निर्वाचनका क्रममा त्यही प्रकट भएको छ । एउटा ठाउँमा प्रतिपक्षका कारणले स्थगित भएको थिएन । सत्तामा बसिसकेपछि त सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन गर्नुपर्छ । जसरी पनि जित्नुपर्छ भनेर गीत नै गाइएको थियो ।’

≪ Previous Post

बुटवलका ६ वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने

Next Post ≫

तिलोत्तमाको मेयरमा काँग्रेसका रामकृष्ण खाँण र उपमेयरमा एमालेकी जागेश्वरी निर्वाचित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क