Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलका ६ वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलका ६ वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने

संसारपोस्ट संवाददाता · १२ जेष्ठ २०७९ · 0
बुटवलका ६ वटा वडालाई कृषि पकेट क्षेत्र घोषणा गरिने
90
SHARES
ShareTweet

बुटवल, १२ जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले बुटवलका ६ वटा वडालाई कृषिको पकेट क्षेत्र घोषणा गरी सोहीअनुसारका कार्यक्रम ल्याउने उद्घोष गरेका छन् । नवनिर्वाचित मेयर खेलराज पाण्डेय र उपमेयर सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर १४, १५, १६, १७, १८ र १९ नम्बर वडा कृषिका लागि उपयुक्त वडा रहेको भन्दै ती वडालाई कृषि क्षेत्रको पकेट क्षेत्र विभाजन गरी सोहीअनुसार ‘ग्रीन ल्याण्ड’ बनाउने बताएका हुन् ।
लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समिति र बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिले बिहिबार बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नवनिर्वाचित मेयर पाण्डेयले बुटवलका ६ वटा वडालाई कृषिको विशेष क्षेत्र घोषणा गरी उत्पादनमा आधारित अनुदानसहितको कृषि क्षेत्र विकास गरिने बताएका हुन् ।
‘कृषि उपज केन्द्रको स्थान सानो भएको गुनासो आएकाले विज्ञ, विशेषज्ञसँगको छलफलपछि कृषि उपज केन्द्रलाई विस्तार गर्ने वा स्थानान्तरण गर्ने विषयमा हामी तयार रहेका छौं ।’ प्रमुख पाण्डेले भने ।
कार्यक्रममा नवनिर्वाचित उपप्रमुख सावित्रा अर्यालले बुटवलमा करोडौंको तरकारी आयात हुने गरेकोले त्यसमध्ये बुटवलका ६ वटा वडालाई प्रयोग गरेर आधा मात्रै भए पनि प्रतिष्थापन गर्न सकियो भने यसले किसान, व्यवसायी र उपभोक्ता सबैलाई राहत पुग्ने बताइन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लेखनाथ न्यौपाने, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसाल (गोपाल), लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी समितिका अध्यक्ष बाबुराम भुसाल, बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक राम बहादुर खत्री लगायतले निर्वाचित मेयर उपमेयरलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै ब्यवसायिक समस्याका बारेमा आआफ्ना धारणा राखेका थिए ।

≪ Previous Post

तिलोत्तमाको मेयरमा कांग्रेसका खाँणको निरन्तर अग्रता, उपमेयरमा एमालेकी चौधरीको जित पक्का

Next Post ≫

एमाले अध्यक्ष ओलीको आरोप : ‘सत्तापक्षले निर्वाचनमा धाँधली गर्यो’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क