Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७९ · 0
सैनामैनाका जनप्रतिनिधिद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णय
110
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाका नवनिर्वाचित प्रमुख फणिन्द्र प्रसाद शर्मा र उप प्रमुख बिना रानाले पदभार ग्रहण गरेका छन् ।
सोमबार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै नगर प्रमुख शर्माले सैनामैनामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्ति, दलित, गरीब, जेष्ठ नागरिक, विपन्न तथा सुत्केरी महिलाको लागि जिल्लाभर लागू हुने गरी सैनामैना नगरपालिकाको खर्चमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् । उनले सैनामैनालाई नमूना पालिका बनाउन सवैको साझा पहल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा रुपन्देही जिल्लाका मुख्य निर्वाचन अधिकृतबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका नगरप्रमुख शर्माले उपप्रमुख बिना राना मगर तथा सैनामैना नगरपालिकाका ११ वटै वडामा निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण पछि उप प्रमुख रानाले नगरपालिकाको कार्यकक्षमा र वडाध्यक्षहरुले आआफ्नो वडामा पदभार ग्रहण गरेका थिए ।
सैनामैना नगरपालिकामा निर्वाचित वडाध्यक्षहरुमा वडा नम्बर १ मा भुवन क्षेत्री, २ मा अम्मर कंडेल, ३ मा तम बहादुर पुर्जा, ४ मा राम प्रसाद अधिकारी, ५ मा धन प्रसाद पौडेल, ६ मा गोपाल पोख्रेल, ७ मा राजकुमार चौधरी, ८ मा बुद्धिराम चौधरी, ९ मा भानु पाण्डे, १० मा कृष्ण प्रसाद घिमिरे र वडा नम्बर ११ मा राम प्रसाद भुषाल रहेका छन् ।
शपथ तथा पदभार ग्रहण कार्यक्रममा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिमप्रसाद तिवारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
यसैगरी रुपन्देहीको देवदह नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले पनि पदभार ग्रहण गर्दै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।
देवदह नगरपालिकालाई पूर्ण स्वास्थ्य बिमायुक्त नगरपालिका बनाउनका लागि सम्पूर्ण नगरवासीहरूलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन आह्वान गर्ने निर्णय गरेका छन् । यस्तै देवदह नगरपालिकाको सुशासन प्रवद्र्धनका लागि प्रत्येक ६\६ महिनामा अनिवार्य रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

≪ Previous Post

इन्धनको मूल्यवृद्धि फिर्ता लिन तिलोत्तमा चेम्बरको माग

Next Post ≫

बुटवलका नगर प्रमुख र उपप्रमुखले गरे पदभार ग्रहण : बसोबासको आधारमा अब्यबस्थित–सुकुम्बासीलाई तत्कालै अस्थायी प्रमाणपत्र बाँड्ने पहिलो निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क