Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन

संसारपोस्ट संवाददाता · १७ चैत्र २०७८ · 0
लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रिया छानविन गर्न कार्यदल गठन
90
SHARES
ShareTweet

बुटवल, १७ चैत्र । प्रदेश पूर्वाधार विकास समितिले लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्रको विषयमा छानविन गर्नका लागि मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्य मन्त्री एवं प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले समितिको सदस्यमा कानुन सचिव राजेन्द्र थापा र ग्रामीण शहरी तथा पर्यटन सचिव महेशचन्द्र न्यौपाने सदस्य रहेको समिति गठन गरेको जानकारी दिनुभयो । सो समितिले प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियाका बारेमा भएका विभिन्न विषयमा अध्ययन गरी १५ दिन भित्र प्रदेश पूर्वाधार समितिमा प्रतिवेदन लाई पेश गर्नेछ । टेण्डर प्रक्रिया हाल रद्ध भईसकेको समेत छानविन समिति कार्यदलका संयोजक श्रीकृष्ण सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यहाँ के भएको छ, बाहिर उठेका विषयका बारे र कानूनी प्रक्रियाका बारेमा गहिरो अध्ययन गर्दछाँै अनि समितिलाई रिपोर्ट बुझाउने छाँै ।’
मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको लुम्बिनी प्रदेश सरकारद्वारा गठित प्रदेश पुर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदबाट दिएको राजनीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दर्ता भएको छ ।
उहाँले आफ्नो राजीनामा पत्र कार्यालयमा पठाएपछि कार्यालयले दर्ता गरी प्रक्रिया अगाडि बढाएको अधिकृत अष्टराज न्यौपानेले बताउनभयो । सो पदमा मन्त्री तथा मन्त्री परिषदको निर्णयबाट २०७८ असोज २० गते घिमिरेलाई नियुक्ति गरेको थियो । उहाँले २०७८ साल चैत्र १४ गते राजीनामा दिनुभएको छ ।

≪ Previous Post

पत्रकार महासंघको ६७ औं स्थापना दिवस : सैनामैनामा स्थानीय तह र सञ्चार विषयक अन्तरक्रिया

Next Post ≫

सर्वोत्तम टिपिएल रुपन्देहीमा शुरु, ज्ञानोदय र जेवी वारीयसको विजय शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क