Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देही तिलोत्तमा ३ मा महिला संघ प्रचार अभियानमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही तिलोत्तमा ३ मा महिला संघ प्रचार अभियानमा

संसारपोस्ट संवाददाता · १५ चैत्र २०७८ · 0
रुपन्देही तिलोत्तमा ३ मा महिला संघ प्रचार अभियानमा
80
SHARES
ShareTweet

तिलोत्तमा, १५ चैत्र । नेपाल महिला संघ वडा समिति तिलोत्तमा–३, रुपन्देहीले नेपाली कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्न टोल टोलका महिलाहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।
कांग्रेसको प्रचारात्मक अभियान अन्तर्गत वडामा नवगठित महिला संघको मंगलबार बसेको पहिलो बैठकले पार्टी संगठनलाई थप मजवुत वनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी वनाउन संगठन सुदृढिकरण र प्रचार अभियानलाई ब्यापक बनाउने निर्णय गरेको छ ।
वडा अन्तर्गत गठन भएका १२ वटा टोल विकास समिति संग समन्वय गरेर टोलमा क्रियाशिल महिलाहरुलाई संगठनमा आवद्ध गर्दै कांग्रेसले शुरु गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई सफल पार्ने र आगामी निर्वाचनमा वडामा नेपाली कांग्रेसलाई विजयी वनाउन महिला संघ थप क्रियाशिल रहने महिला संघकी वडा सभापति हिरा पौडेल अधिकारीले बताउनु भयो ।
बैठकले महिला नेतृहरु मनोरमा शेरचन, कविता अर्याल, चुडाकुमारी विष्ट, विष्णुमाया भट्टराई पराजुली र रिता शर्मा प्युठानीलाई संघको सल्लाहाकारमा मनोनयन गरेको छ ।
बैठकमा महाधिबेशन प्रतिनिधि चिरन्जिवी शर्मा पौडेल, निवर्तमान जिल्ला सदस्य हरिप्रसाद तिवारी, क्षेत्रीय सदस्य कर्णबहादुर टण्डन, प्रदेश प्रतिनिधि खिमानन्द भट्टराई, तिलोत्तमा नगर उपसभापति कल्याण पौडेल लगायतले बोल्दै पार्टीका उम्मेदवारहरुलाई विजयी वनाउन महिला संघको भूमिका महत्वपुर्ण हुने भएकाले महिला दिदिबहिनीहरु एकजुट भएर प्रचार अभियानमा लाग्न आग्रह गर्नुभयो । मुलुकको विकास र लोकतन्त्रलाई संस्थागत गर्न सबै तहमा कांग्रेसको नेतृत्व आवश्यक भएकाले यो निर्वाचनमा कांग्रेसलाई विजयी वनाउने गरी घर घर जाऔं, कांग्रेस जिताऔं अभियानमा सक्रिय सहभागिता जनाउन पनि आग्रह गर्नुभयो । सघका सभापति हिरा पौडेल अधिकारीको अध्यक्षता, उपसभापति तुलसा शर्माको स्वागत र सचिव कल्पना शर्माको संचालनमा भएको बैठकमा नगर सदस्य नारायण बहादुर क्षेत्री, संघकी सदस्य भूमा वेल्वासे, विमल पोख्रेल लगायतले बोल्दै कांग्रेसका उम्मेदवारलाई विजयी वनाउन पार्टीका भातृ संस्था सहित टोल समितिको भूमिका महत्वपुर्ण हुने भएकाले वडाका प्रत्येक टोलमा प्रचार अभियानलाई ब्यापक वनाउनुपर्नेमा जोड दिनुभयो ।

≪ Previous Post

जनताले परिवर्तनको अनुभूति गर्न पाएनन्ः महान्यायाधिवक्ता खाती

Next Post ≫

तिलोत्तमाको बनवाटिकामा ११ करोड ४५ लाख लागतमा बहुउद्देश्यीय टावर निर्माण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क