Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर

संसारपोस्ट संवाददाता · २८ फाल्गुन २०७८ · 0
लायन्स देउरालीद्वारा निःशुल्क स्वास्थ्य शिविर
50
SHARES
ShareTweet

बुटवल । तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा निशुल्क स्त्री तथा प्रसुति रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल देउरालीले तिलोत्तमा नगरपालिका वडा नंं. ६ को सहयोगमा एक दिने स्वास्थ्य शिविर गरेको हो । शिविर उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिकाले वडा वडामा स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने नीति लिएको उल्लेख गर्नुभयो । उहांले बेलैमा रोग पत्ता लगाउन सके उपचार छिटो र सहज हुने भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनु भयो ।
लायन्स क्लब इन्टरनेसनल ३२५ पी का द्वितीय भाइस गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले लायन्स क्लबहरुले समुदायको माग र आवश्यकता अनुसार सामाजिक र मानवीय सेवाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
लायन्स क्लब अफ बुटवल देउरालीका अध्यक्ष ज्ञानप्रसाद पौडेलले महिलाहरुमा प्रमुख समस्याको रुपमा रहेको पाठेघरको मुख र स्तन क्यान्सर पत्ता लगाउन स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनु भयो । शिविर सञ्चालन गर्न वडा कार्यालयले ३ लाख रुपैयां वजेट दिएको र क्लबले डेढ लाख रुपैयां बराबरको औषधि सहयोग गरेको अध्यक्ष पौडेलले बताउनु भयो । महिला संगै बालबालिकाको पनि स्वास्थ्य परीक्षण गरिएको शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका डा.वर्षा पौडेल र किरण सुवेदी तथा सिद्धार्थ बाल तथा महिला अस्पतालका डा. राजेन्द्र बस्यालले चेकजांच,भिडियो एक्सरे गरी आवश्यक परामर्श दिनुभएको थियो । शिविरमा करिब दुईसय जनाले स्वास्थ्य चेकजांच गरेका कार्यक्रम संयोजक विष्णु अधिकारीले जानकारी गराउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष सुखदेव न्यौपाने,क्लबका प्रथम उपाध्यक्ष रमेश पाण्डे,सचिव कृष्णप्रसाद भण्डारी लगायतले बोल्दै शिविरबाट सर्वधारणले लाभ लिएको धारणा राख्नुभएको थियो । कार्यक्रममा लायन्स इन्टरनेसनल ३२५ बी २ नेपालका गभर्नर रामप्रसाद भट्टले प्रदान गर्नुभएका करिब ५ लाख मूल्यको दुई थान अक्सिजन कन्सन्ट्रेटर मेसिन आनन्दवन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो ।

≪ Previous Post

नेपाली कांग्रेस लुम्बिनी प्रदेश :उम्मेदवार छनौट गर्न मापदण्ड तय

Next Post ≫

नवलपुरमा बस र कार ठक्कर खाँदा वडा सदस्यको वेहोस भई निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क