Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण

संसारपोस्ट संवाददाता · २४ फाल्गुन २०७८ · 0
शँकरनगर सामुदायिक वनको अन्तर सामुदायिक वन अवलोकन भ्रमण
80
SHARES
ShareTweet

बुटवल, २४ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अवस्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले समूहको बार्षिक कार्यक्रम अन्तर्गत समूहका पार्षदहरुलाई अन्तर सामुदायिक वन अध्ययन अवलोकन भ्रमण गराएको छ । समूहका पधाधिकारी, सदस्य, पार्षद र कर्मचारी सहितको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्वर १ मा पर्ने कञ्चन सामुदायिक मातहत रहेको पर्यटकीय स्थल दानापुर तालको अधययन अवलोकन भ्रमण गरेको हो ।
समूहका पार्षदहरुलाई दुई समूहमा वर्गिकरण गरी यही फागुन २२ र २३ गते दुई दिनसम्म समूहको ब्यवस्थापनमा सो क्षेत्रको अवलोकन भ्रमण गराईएको समूहका अध्यक्ष रबि बस्नेतले जानकारी गराउनु भयो । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नुका साथै वनको विकास र संवद्र्धनमा छिमेकी सामुदायिक वनले गरेका गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यले पार्षदहरुलाई बार्षिक कार्यक्रम अन्तर्गत अवलोकन भ्रमण गराइएको अध्यक्ष बस्नेतले बताउनु भयो । भ्रमणमा समूहका पधाधिकारी, सदस्य, पार्षद र कर्मचारी गरी चारसय बढिको सहभागिता रहेको थियो ।
तालको अध्ययन अवलोकनमा सहभागि पार्षदहरुलाई समूहका अध्यक्ष रवि बस्नेत, उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलगायतले वनले गरेका नियमित गतिविधि र भ्रमणको उद्देश्य र यसबाट हुने फाईदाका वारेमा जानकारी गराउनु भएको थियो । कञ्चन सामुदायिक वनले गरेका वन संरक्षण, गरिवी न्यूनिकरण लगायतका कार्यहरुवाट आफुहरुलाई नयां सिकाई भएको पार्षदहरुले प्रतिक्रिया दिएका छन् ।
कञ्चन सामुदायिक वनले वन विकास, सामाजिक विकास र गरिवी न्यूनिकरणका क्षेत्रमा धेरै काम गरेकाले आफ्नो समूहका पार्षदहरुलाई यो क्षेत्रको भ्रमण गराईएको समूहका उपाध्यक्ष कमला ज्ञवालीले वताउनु भयो । अन्य समूहले गरेका राम्रा कामको अवलोकन गरी आफ्नो समूहमा अझ राम्रो काम गर्न सहज हुने र अन्य समुहको अवलोकनले हामीलाई नयाँ सिकाई मात्र नभएर समान चुनौतिहरुको पहिचान र समाधानका उपाय पनि आदानप्रदान गर्न निकै सहज हुने उपाध्यक्ष ज्ञवालीको भनाई छ ।
अवलोकन भ्रमणले आफ्नै देशको भौगोलिक विविधताका बारेमा ज्ञान हुनुका साथै प्राकृतिक सुन्दरताको दृष्यावलोकन गरी भ्रमणमा सहभागि सबैले भरपुर आनन्द लिने अवसर प्राप्त भएका समूहका सदस्य मिनप्रसाद देवकोटाले बताउनु भयो ।
भ्रमण टोलीमा समूहका पदाधिकारी, सल्लाहकार, लेखा समिति, पार्षद र उपभोक्तासहित करिव चरसयको सहभागिता रहेको थियो । भ्रमणकै क्रममा पार्षदहरुका विच लोक गायन र नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा लोक गायन तर्फ दुर्गा खड्का र ज्योती थापा र नृत्य तर्फ माया चापाई र प्रम पौडेललाई उत्कृष्ट घोषणा गरी समूहका तर्फबाट रु ५०० का दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।


बुटवलबाट पश्चिम क्षेत्रमा पर्ने दानापुर तालको प्रबेशद्वारमा रु. २५ को टिकट काटेर ताल क्षेत्रमा प्रवेश गरेपछि निशुल्क घुमघाम गर्न सकिन्छ भने तालमा नौका विहारका लागि भने अतिरक्ति शुल्क तिर्नुपर्ने ब्यवस्था गरिएको छ । ९३.०२ हेक्टर क्षेत्रफलमा फैलिएको कञ्चन सामुदायिक वनको ताल क्षेत्र १९.५० हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस्तै ४३.६८ हेक्टर क्षेत्रफल पर्यापर्यटनका लागि टुट्टाईएको छ ।
६ सय घरधुरी उपभोक्ता रहेको कञ्चन सामुदायिक वनले पर्यापर्यटन क्षेत्रको संरक्षण र विकासका लागि सो क्षेत्र वार्षिक ११ लाखमा लिजमा दिएको छ ।
जंगलको बीचमा रहेको समयमायी मन्दिरको नामबाट सामुदायिक वन गठन गरेर स्थानीय तालको संरक्षणमा लागेका छन् । सिमसार क्षेत्रमा पर्ने यो ताल अहिले सिमसार क्षेत्र मात्र नभएर डुंगा सयर र बनभोज स्थलको रुपमा पनि प्रख्यात छ । पर्यापर्यटन क्षेत्र भित्र रहेको दानापुर तालमा वोटिङ्ग, नौका विहार र माछा पालनका साथै ताल परिसरमा २० वढि समूहले वनभोज खान मिल्ने गरी पिकनिक स्पोट वनाईएको छ ।
ठाउंठाउंमा खाने पानी ट्यांकीको ब्यवस्था र शौचालय समेत निर्माण गरिएको छ । पार्कमा रुपन्देही सहित पाल्पा, कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । शनिवार र विदाको दिन पिकनिक खाने र घुम्ने पर्यटकहरु आउने गर्दछन् । जैविक विविधताले भरिपूर्ण सामुदायिक वनमा नेपालक विभिन्न स्थानबाट अध्ययन अनुसन्धानका लागि विद्यालयले विद्यार्थीसमेत लिएर आउने गरेका कञ्चन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मिनबहादुर थापाले बताउनु भयो ।
सामुदायिक वनले घुम्न र पिकनिकका लागि आउने पर्यटकलाई असुविधा नहोस् भनेर विभिन्न स्थानमा शौचालय, बिजुली बत्ती, खानेपानी र टहरासमेतको व्यवस्था गरेको अध्यक्ष थापाले बताउनु भयो । सो क्षेत्रमा आउने पर्यटकलाई खाना बस्नका लागि राम्रो प्रबन्ध भएका होटल समेत रहेका छन् ।

≪ Previous Post

नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट : मेलवर्न क्रिकेट क्लबसंग देवदह पराजित

Next Post ≫

जीपी कोईराला पत्रकारिता पुरस्कारबाट पत्रकार नेपाल र ढकाल पुरस्कृत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क