Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल टेलिकम सुपर लिग क्रिकेट : शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई हरायो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल टेलिकम सुपर लिग क्रिकेट : शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई हरायो

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०७८ · 0
नेपाल टेलिकम सुपर लिग क्रिकेट : शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई हरायो
130
SHARES
ShareTweet

प्रकाश न्यौपाने
भैरहवा, १९ फागुन । नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत डिभिजन ‘बी’को अन्तिम खेलमा शंकरनगर क्रिकेट क्लबले गोलपार्क क्रिकेट क्लबलाई ९ विकेले पराजित गर्दै जित निकालेको छ । जितसँगै शंकरनगर डिभिजन ‘ए’मा प्रवेश गरेको छ ।
बिहीबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर व्याटिङ गरेको गोलपार्कले निर्धारित ५० ओभरको खेलमा १५ ओभरमै अलआउट हुँदै ६४ रनमै समेटियो । उसका लागि युवराज सेवेदीले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा रोक्ने क्रममा बलिङमा शंकरनगरका जगत क्षेत्रीले ४, सिराज गैरे र विराट भण्डारीले समान २–२ विकेट लिए ।
जवाफी व्याटिङ गरेको शंकरनगरले ८ ओभरमा एक विकेटको क्षतिमा ६८ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा विराट भण्डारीले ४१ र विशालविक्रम केसीले १२ रन बनाए । बलिङमा गोलपार्कका हेमन्त ओलीले १ विकेट लिए । शंकरनगरका जगत क्षेत्री म्यान अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
शुक्रबारदेखि डिभिजन ‘ए’का खेल सुरु हुनेछन् । डिभिजन ‘ए’ अन्तर्गत भोलि होराइजन क्रिकेट क्लब र एमसीसीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले जानकारी दिनुभयो ।
चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

≪ Previous Post

नेपाली कांग्रेस तिलोत्तमा ३ संगठन सुदृढिकरण अभियानमा

Next Post ≫

एमसिसि परियोजनाले राष्ट्रलाई कमजोर बनाउँछ भन्नु गलत : गृह मन्त्री खाँण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क